Home Uncategorized भरतपुरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै विजय

भरतपुरमा रेनु दाहालसँगको मतान्तर घटाउँदै विजय

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ ।

वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा पुगेको छ । वडा नम्बर १ बाट दाहालले १ हजार २०८ मत र विजयले १ हजार ८७ मत पाएका थिए ।

वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहालले १ हजार ४८४ मत र सुवेदीले १ हजार ४१० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९७ मत पाएका छन् ।

वडाध्यक्षमा एमाले उम्मेदवार कृष्ण केसीले ३४८ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका मनोज रानभाटले ३३७ मत ल्याएका छन् । यसअघि भएको निर्वाचनमा एमालेले वडा नम्बर २ जितेको थियो ।

https://ujyaalonepalnews.com/archives/20140

Previous articleबौँदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी
Next articleसूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।