मुग्लिङ-आँबु खैरेनी सडक खण्डमा यात्रा कठिन

तनहूँ- मुग्लिन-आँबु खैरेनी सडक खण्डमा गएको पहिरोका कारण आजसम्म पनि यातायातमा समस्या परिरहेको छ। यो सडक खण्डको मस्याङ्दी जलविद्युत गृह नजिकै सडक भासिएपछि पहरो काटेर यातायात सुचारु गराउने प्रयास जारी छ ।

रातिको समय यातायात बन्द गरिएको र दिउँसो मात्र संचालन गर्दा सवारी साधन र यात्रुको चाप ह्वात्तै बढेको छ । यसैले अहिले पनि यो भासिएको सडकको दुबैतिर करिव २/२ किलोमिटर परसम्म सवारी साधनको लाइन छ ।

सडक भासिएको ठाउँमा पहरो काट्ने काम जारी

यो जाम खुल्न अझै केही समय लाग्ने  नेपाल टेलिभिजनका कपिल भट्टराईले जानकारी दिनुभएको छ । लामो समयसम्मको जामले यात्रुहरु समस्यामा परेका छन ।

केही दिनअघि मात्र सो सडक भासिँदा १ जनाको मृत्यु भएको थियो ।।

https://ujyaalonepalnews.com/archives/21539

Previous articleबाढीको एक वर्षः विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ
Next articleसांसदहरुको माग- ‘मल आजै चाहियो, अहिल्यै चाहियो’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।