Home Blog Page 20

भरतपुरमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल ४८ दिनपछि काठमाडौंमा भेटियो

चितवन — भरतपुरमा मर्निङवाकमा निस्केका व्यक्तिलाई ठक्कर दिएर भागेको मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले घटना भएको ४८ दिनपछि काठमाडौंबाट नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका-४ का ६० वर्षीय कृष्णप्रसाद कँडेललाई मर्निङवाक गर्दै गर्दा भरतपुर चौबीसकोठीनजिक रामपुर जाने सडकमा असोज २१ गते बिहान सवा पाँच बजेतिर ठक्कर दिएको थियो।

ठक्करका कारण गम्भीर घाइते भएका कँडेल हाल पनि उपचारमा छन्। घटनापछि ठक्कर दिने मोटरसाइकल चालक फरार थिए । भागेका चालक खोज्न परिवारका सदस्य तथा आफन्तले प्रशासन समक्ष माग गर्दै आएका थिए।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले विभिन्न खालका अनुसन्धान विधि र ठाउँठाउँका सिसिटिभीका सयौं भिडिओहरू विश्लेषण गरेको बताए। यस क्रममा शंकाको घेरामा दर्जनौं मोटरसाइकल आए पनि दुर्घटना नं ३७ प ८५३० नम्बरको मोटरसाइकलले गराएको आफूहरूले निर्णय गरेको उनले बताए।

उक्त मोटरसाइकल गोरखा नगरपालिका-१३ का २७ वर्षीय सुनिल गुरुङले चलाएको खुल्न आएको खनालले सुनाए। खोज अनुसन्धानमा गुरुङ काठमाडौं बौद्धमा लुकीछिपी बसेको खुलेपछि चितवन प्रहरीले टेकु प्रहरीको सहयोग लिएको थियो।

Step by Step Registration Guide for Magius Casino Newcomers

0

Registering at Magius Casino is a straightforward process designed to get you playing your favourite games quickly and securely. Whether you are a seasoned player or new to online casinos, this step-by-step guide will walk you through every stage. For more details and direct access, visit magius-gb.com to start your gaming adventure today.

Why Register at Magius Casino?

Before diving into the registration steps, it’s important to understand the benefits of creating an account at Magius Casino. The platform offers a wide variety of games, reliable customer support, and attractive bonuses. Registration ensures that your personal information is protected, transactions are seamless, and you can track your gameplay and rewards conveniently.

Step-by-Step Registration Process

Follow these clear steps to create your Magius Casino account:

  1. Visit the Official Website
    Start by navigating to magius-gb.com. Ensure you are on the authentic site to protect your personal and financial information.

  2. Click on the ‘Sign Up’ Button
    This is usually located at the top right corner of the homepage.

  3. Fill in Personal Details
    Enter required information such as your full name, date of birth, email address, and phone number.

  4. Create Your Username and Password
    Choose a unique username and a strong password to secure your account.

  5. Verify Your Account
    Magius Casino will send a verification email or SMS to confirm your registration.

  6. Complete Your Profile
    Add necessary details such as your address and preferred currency to complete the setup.

Important Tips for a Smooth Registration

  • Use accurate personal information to avoid issues during withdrawals.
  • Ensure your password is at least 8 characters long, mixing letters and numbers.
  • Check your email inbox, including spam folders, for verification messages.
  • Familiarise yourself with the terms and conditions before completing registration.

Quick Overview Table: Registration Requirements

Requirement Description
Age Must be 18 years or older
Identification Valid ID may be needed for withdrawals
Contact Information Email and phone number required
Account Security Strong password and optional 2FA

Frequently Asked Questions (FAQ)

Q1: How long does the registration process take?
A1: It usually takes 5-10 minutes to complete the entire registration and verification.

Q2: Can I register multiple accounts?
A2: No, Magius Casino’s policy allows only one account per player.

Q3: What should I do if I don’t receive the verification email?
A3: Check your spam folder and ensure your email address was entered correctly. Contact support if the issue persists.

Q4: Is it safe to provide my personal data to Magius Casino?
A4: Yes, Magius Casino uses advanced encryption to protect your personal information.

Q5: Can I change my username after registration?
A5: No, usernames are permanent; choose wisely during registration.

By following this guide carefully, new players can easily register on Magius Casino and start enjoying an exciting array of online games with confidence and ease.

सिमराका शिक्षकको गुनासो : विद्यार्थीले स्कुल जलाउने धम्की दिन थाले

८ मंसिर, बारा । बाराको सिमरास्थित नेपाल राष्ट्रिय माविका शिक्षकले जेनजी आन्दोलन पछि विद्यार्थीले स्कुल जलाउने धम्की दिन थालेको गुनासो गरेका छन् ।

सोमबार ईलाका प्रहरी कार्यालय सिमरामा मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाको उपस्थितीमा आयोजित प्रहरी–स्थानीय अन्तरक्रिया कार्यक्रममा बोल्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १०+२ इन्चार्ज डम्बर खड्काले जेनजी आन्दोलनपछि विद्यार्थीसँग शिक्षक डराउनुपर्ने अवस्था बनेको गुनासो गरे ।

‘जेनजीको उमेर समुहलाईनै हामीले पढाउनुपर्छ, विद्यार्थीलाई कक्षा कोठामा पढाउँदा पनि डराउनुपर्ने अवस्था बनेको छ,’ खड्काले प्रहरी प्रमुख थपलियासँगको अन्तरक्रियामा भने ।

अन्तरक्रिया कार्यक्रममा विद्यालयमा दुईसाता अघिको एउटा घटना सम्झँदै शिक्षक खड्काले एउटा विद्यार्थीका कारण एकजना अंग्रेजीको पुराना शिक्षकले जागिरै छाडेको बताए ।

‘वीरगञ्जबाट हामीकहाँ पढाउन आउने एकजना शिक्षकले स्कुलै छोड्नुभो,’ उनले भने । यसैबर्ष ११ मा भर्ना भएको एउटा विद्यार्थीलाई पढाईका विषयमा सम्झाउँदा स्कुलै जलाईदिने क्षमता आफूसंग भएको धम्की विद्यार्थीले दिएको खड्काको भनाइ छ ।

‘कोठा नम्बर १० मा बस्नुपर्ने विद्यार्थी ९ मा गएछ, ९ को शिक्षकले कोठा नम्बर १० मा पठाउनु भो त्यतिकैमा विद्यार्थी रिसाएर ढोका पनि फुटाइदिएछ, मैलेपनि पछि थाहा पाएँ, शिक्षकसँग रिसाएर उक्त विद्यार्थीले स्कुलै जलाउने धम्की दिएछ । अहिले उक्त शिक्षक वीरगञ्जमै बस्नुहुन्छ पढाउन बोलाउँदा त्यहाँको वातावरण खराब छ भन्नुहुन्छ,’ शिक्षक खड्काले कार्यक्रममा भने ।

प्रधानमन्त्रीको मुख्य स्वकीयको विरोध गर्दा मिराजलाई सिंहदरबारमा नो इन्ट्री।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको मुख्य स्वकीय सचिव आदर्श श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नो श्रीमती नियुक्त गरेको विरोधमा ज्ञापन पत्र बुझाउन सिंहदरबार पुगेका मिरज ढुंगानासहितका जेनजी नेता भित्र छिर्न पाएनन्।

उनीहरू नेपोबेबी अभियान हुँदै सडकसम्म पुगेको जेनजीहरुको भ्रष्टाचार विरोधी आन्दोलनको बलमा बनेको सरकारले नै नातावादका आधारमा परिवारका सदस्यलाई सरकारी नियुक्ति दिएको भन्दै प्रधानमन्त्री कार्कीलाई विरोध स्वरूप ज्ञापन पत्र बुझाउन सिंहदरबार गएका थिए। तर सुरक्षाकर्मीले मिरजसहितको टिमलाई सिंहदरबार भित्र छिर्नै नदिएपछि उनीहरूले गेटमै ज्ञापन पत्र टाँसेर फर्किए।

‘मेरो देश फिर्ता दे’ भन्दै बुलेट बाइक पड्काएका तेन्जिनले स्वीकारे ‘म आधा तिब्बतीयन हुँ’

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा बुलेट बाइकको साइलेन्सर पड्काउँदै सडकमा उत्रिएका तेन्जिन लामाले आफू तिब्बतीयन भएको स्वीकारेका छन्।

‘तिब्बतीय ओरिजिनल ब्लड’ लेखिएको टीसर्ट लगाएर बुलेट बाइक पड्काउँदै हिँडेका उनले जिल्ला प्रहरी परिसरमा दिएको बयानमा आफू आधा तिब्बतीयन भएको स्वीकारेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले तेन्जिनको नेपाली नागरिकता, बाबुआमा र शिक्षाको प्रमाण पत्रसमेत नेपालकै भन्ने कुनै पुष्टि नभएको बताए ।

‘भदौ २३ गतेको आन्दोलनका क्रममा तेन्जिनले हतियार बोकेको पुष्टि भएन । उनले बोकेको हतियार (पेस्तोल) घातक नभएको पुष्टि भएको छ। उनले केएल टावरमा रहेको द टोय स्टोर इन्टरप्राइजेजमा किनेको खुलेको छ’, भट्टराईले भने, ‘उक्त हतियार जेन-जी आन्दोलनको करिब ६ महिनाअघि बानेश्वरको पुलमा म्युजिक भिडियो सुटिङका क्रममा बोकेको पाइएको छ।’

भट्टराईले तेन्जिन तिब्बतीयन रहेको कुरा करिब पुष्टि भएको बताए । ‘तेन्जिङले आफू आधा तिब्बतीयन भएको स्वीकारेका छन् । प्रहरीसँग पनि उनले स्वीकारेका छन्’, उनले भने, ‘जेन-जीको भ्रष्टाचारविरोधी अभियानमा गएर उत्तेजक रुपमा बोल्नु गल्ती भयो भनेका छन् ।’

उता सुरेन्द्र गुरुङ भन्ने हाकिमको भने कुनै अवैध गतिविधिमा संलग्नता नभेटिएको भट्टराईले बताए । ‘सुरेन्द्र पेशाले र्‍यापर रहेछन् । तेन्जिनसँग डेढ वर्ष अगाडि र्‍याप ब्याटलमै भेट भएको देखियो’, उनले भने, ‘तेन्जिनले म्युजिक भिडियो सुटिङका क्रममा नक्कली पेस्तोल प्रयोग गरेको स्वीकारेका छन् । सुरेन्द्रले उसबेला टीओबीको अर्थ ओरिजिनल ब्रदर्श राख्न सुझाएको पाइएको छ । तर तेन्जिले तिब्बतीयन ओरिजिनल ब्लड लेखेरै टीसर्ट लगाएका पाइयो ।’

तीनवटा कसुर

प्रहरीले तेन्जिनविरुद्ध विभिन्न तीनवटा कसुरमा मुद्दा अघि बढाएको भट्टराईले उल्लेख गरे । तेन्जिनले जेन-जी आन्दोलनका समयमा ‘मेरो देश फिर्ता दे’ भन्दै नाराबाजी गरेका थिए । आफूले उक्त नारा लगाउनु पनि गल्ती भएको तेन्जिनले स्वीकारेका छन् ।

पहिलो मुद्दा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार गर्न नहुने कसुरमा चलाइएको थियो । जसमा प्रशासनले तेन्जिनसँग ७५००० धरौटी मागेको छ ।

अर्को मुद्दा लिखतसम्बन्धी पनि चलाइएको छ। त्यसैगरी नागरिकता र राहदानीसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको भट्टराईले बताए । उनका अनुसार तेन्जिनबाट लागुऔषध गाँजा पनि बरामद भएको छ।

प्रहरीले अहिलेसम्म टीओबीसँग सम्बन्धित १३ वटा बुलेट मोटरसाइकल र एउटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘टीओबीका सबै सदस्य हामीसँग सम्पर्कमा छन्’, उनले भने ।

कोही नाता भेटिएनन्

प्रहरीका अनुसार तेन्जिनको पालन पोषण पेमा डोल्माले गरेको भेटिएको छ। ‘अहिलेलाई तेन्जिनका सबै मान्छे, आफन्त भन्नु पेमा डोल्मा रहेको खुलेको छ। उनले नै ब्यहोरेको पाइएको छ’, उनले भने, ‘बाबुआमाको पहिचान कहीँ कतैबाट खुल्न सकेको छैन । हजुरबाले डेढ वर्षदेखि पालेको भनिएको छ । तर कोभिड कालमा हजुरबाको निधन भएको भनिएको छ ।’

तेन्जिनले लिएको नागरिकता नक्कली भएको पुष्टि यसअघि नै भएको छ। अब उनका बुवाआमा र शिक्षा लिएको विद्यालय पनि नक्कली पाइएको छ। उनले नेपालका कुनै विद्यालयमा अध्ययन नगरी नक्कली शैक्षिक प्रमाण लिएको पाइएको भट्टराईले बताएका छन् ।

उनले काठमाडौं महानगरपालिका-६ बौद्ध ठेगाना भएको जन्मदर्ता र नागरिकता पनि नक्कली ठहर भएको छ। त्यसमा जन्मदर्ता वि.सं. २०६३ चैत १० गते गरेको पाइएको छ। नागरिकता भने २०७९ असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएको भनिएको छ । तर नागरिकता नक्कली रहेको खुलिसकेको छ।

यसअघि नै वडा कार्यालयले तेन्जिनसम्बन्धी कुनै पनि विवरण उपलब्ध नभएको जवाफ दिइसकेको छ। तेन्जिन लागुऔषधको मुद्दामा पनि पक्राउ परेकाले ९० दिनसम्म हिरासतमा रहन सक्छन् । उनलाई प्रहरीले असोज २६ गते पक्राउ गरेर अभद्र व्यवहारमा म्याद थप गर्दै अनुसन्धान गरेको थियो ।

विदेशबाट मतदान गराउन परराष्ट्र मन्त्रालयले देखायो १० चुनौती

परराष्ट्र मन्त्रायलले विदेशस्थित नेपाली नियोगहरूमा मतदाता उपस्थित भएर गरिने मतदानको व्यवस्थापन गर्न लगभग असम्भव रहेको जनाएको छ।

नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा भएका नेपाली नागरिकलाई तीन प्रकारको मतदानको सेवा उपलब्ध गराउन सकिने निष्कर्ष सहितको अध्ययन प्रतिवेदन सरकारलाई दिएको छ। जसमा दूतावासमा व्यक्ति उपस्थित भएर गरिने मतदान, प्रविधि समर्थित हुलाकी मतदान र इन्टरनेट भोटिङ गर्न सकिने उल्लेख छ।

परराष्ट्र मन्त्रालयले केही समयअघि विश्वभर रहेका नियोगहरूलाई पत्र लेखेर वैदेशिक मतदान गर्न सकिने नसकिनेबारे जबाफ मागेको थियो। नियोगहरूले पठाएको जबाफपछि परराष्ट्र मन्त्रालय दूतावासमा मतदान गराउन नसकिने निष्कर्षमा पुगेको हो।

उनीहरूले यसमा १० वटा चुनौती देखाएका छन् –

पहिलो, तथ्यांक छैन।

परराष्ट्र मन्त्रलायका अनुसार हाल एक सय ११ वटा देशमा संस्थागत रूपमा र १ सय ७८ देशमा नेपाली नागरिक पुगेका छन्। तर सरकारसँग ‘कति नेपाली कहाँ छन्’ भन्ने यकिन तथ्यांक छैन। अझ मतदान केन्द्र राख्नुपर्ने अवस्थामा कुन स्थानमा राख्ने भन्ने नै तय गर्न गाह्रो छ। भट्टराईले उक्त छलफलमा उदाहरण दिँदै भने- युएईको अबुधावीमा कति छन्, दुबईमा कति छन्, हामीसँग तथ्यांक छैन। त्यसैले मतदान केन्द्र कहाँ राख्ने अनुमान गर्न गाह्रो छ।

दोस्रो, सुरक्षामा जटिलता।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशस्थित नेपाली दूतावासहरूलाई त्यहाँको स्थानीय सरकारले दुई जनासम्म सुरक्षाकर्मी उपलब्ध गराउने गरेका छन्। यदि नेपालले कुनै कार्यक्रम गर्नुपर्‍यो भने भाडामा सुरक्षा लिनुपर्ने हुन्छ। भाडामा लिएका सुरक्षाकर्मीले निर्वाचनमा दिने सुरक्षा कस्तो हुन्छ यकिन साथ भन्न नसकिने मन्त्रालयको तर्क छ। निर्वाचनका लागि बाह्य देशको सुरक्षाकर्मी प्रयोग गर्ने हो भने कानुनबाट निर्वाचनमा बाह्य देशको सुरक्षाकर्मी प्रयोग गर्ने अधिकार दिनुपर्छ।

नेपालले अहिले बाह्य देशबाट मतदान गराउने कानुन बनाउँदैमा समस्या समाधान नहुने परराष्ट्र मन्त्रालयको जिकिर छ।

‘कसैले निर्वाचन बिथोल्यो भने निर्वाचन कानुन अनुसार साठी दिनभित्र मुद्दा दायर गर्नुपर्छ। कसैले हुलदंगा गर्‍यो भने पक्राउ गर्न कसलाई लगाउने? अर्को देशको सुरक्षाकर्मीलाई? भाडाको सुरक्षाकर्मीले पक्राउ गर्छ कि गर्दैन भन्ने प्रश्न हुने भयो’, भट्टराईले छलफलमा भने, ‘केही गरी हुलदंगा भयो र नेपालीको मास डिपोर्टेसन भयो भने झन् समस्या हुन्छ।’

तेस्रो, दूतावासमा कम्पाउण्ड छैन।

परराष्ट्र मन्त्रालयका अनुसार धेरै देशका दूतावासको कम्पाउण्ड सानो छ। धेरै नियोगहरू अपार्टमेन्टमा बसेका छन्। ग्वान्जाओको नियोग २१ औँ तलामा छ। न्यू योर्कको १७ औँ तलामा छ। मलेसियाको २२ औँ तलामा छ। यस्तो अवस्थामा दूतावासमा लाइन लगाएर भोटिङ सकिन्छ कि सकिँदैन सरकारले तय गर्नुपर्छ।

चौथो, कर्मचारीसँग आक्रोशित प्रवासी।

विदेशमा भएका नेपाली दूतावास, कर्मचारी र सरकारप्रति त्यहाँका प्रवासी नेपाली नकारात्मक रहेको परराष्ट्र मन्त्रालय बताउँछ। त्यसैले निर्वाचनमा खटिँदा कर्मचारीकै सुरक्षाको समस्या छ। निर्वाचनका बेला केही गरी कसैले आक्रमण गर्‍यो भने समस्या हुन्छ,’ भट्टराईले छलफलमा भने, ‘दूतावास बाहिर नेपालीको ठूलो जनसंख्या मतदानमा आए कसरी सुरक्षाा दिने स्पष्ट हुनुपर्छ।’

पाँचौं, दूतावास बाहिर मतदान व्यवस्थापनको चुनौती।

परराष्ट्र मन्त्रालयलका अनुसार दूतावासमा मतदान गराउन नसकिने अवस्थामा स्कुल र सामुदायिक स्थल भाडामा लिएर मतदान गराउनुपर्ने हुन्छ। त्यसका लागि ती विद्यालय र सामुदायिक भवनलाई पनि सुरक्षा प्रत्याभूति दिनुपर्ने हुन्छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कतिपय सामुदायिक भवनको भाडा निकै महङ्गो हुन्छ। कुवेतमा इजिप्टले मतदान गराउन सार्वजनिक स्थल भाडामा लिँदा मात्र कुवेती ६ हजार दिनार तिरेको थियो। जबकी कुवेतमा इजिप्टका ६ लाख जनसंख्यामध्ये १५ हजारले मात्र मत खसालेका थिए। ६ हजार दिनार भनेको नेपाली २७ लाख ८६ हजार हुन आउँछ। त्यत्रो रकम तिरेर मतदान स्थल भाडामा लिन गाह्रो छ। इजिप्टले ती देशमा एक महिना अघि मतदान गराएको र निर्वाचनका लागि ल्यापटप सहित मतदाता भेरिफाइ गर्ने कर्मचारी देशबाट खटाएको थियो।

छैटौं, मतदानको दिनको चुनौती।

सरकारले तोकेको मतदान हुने दिन फागुन २१ गते बिहीबार छ। विदेशमा धेरै नेपालीहरूको आइतबार बिदा हुन्छ। त्यसैले मतदानको कार्यतालिकामा परिवर्तन आवश्यक रहेको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन्।

सातौँ,

परराष्ट्र मन्त्रालयले नेपालीहरू भएका कतिपय ठाउँमा नेपालको नियोग नभएकाले त्यहाँ कसरी मतदान गराउने भन्ने टुंगो गर्नुपर्ने जनाएको छ। ‘क्यारेबियन मुलुकहरूदेखि सुडानसम्म नेपाली छन्,’ भट्टराईले सोधे, ‘सबै नागरिकलाई मताधिकार दिने हो भने कसरी दिने?’

आठौँ,

दुई देशको नागरिकको भेरिफिकेसन। नीति अनुसन्धान प्रतिष्ठानले नेपाली नागरिकलाई अवधि सहितको पासपोर्टका आधारमा मतदानको अधिकार दिन सुझाव दिएको छ। तर परराष्ट्र मन्त्रालयले विदेशको नागरिकता लिए नलिएको भेरिफिकेसन गर्न नसकिने जनाएको छ।

‘पिआर वा टिआर भएका व्यक्ति विशुद्ध नेपाली नागरिक हुन्। पिआरधारीलाई भोट गर्ने अधिकार दिनुपर्छ,’ भट्टराईले भने, ‘विदेशी नागरिकता र पासपोर्ट लिएको व्यक्तिको पहिचान सजिलो छैन। धेरै देशमा ‘प्राइभेट इन्फरमेसन एक्ट’ लागू हुन्छ। स्वघोषणाले मात्र हामीले पुष्टि गर्न सक्ने अवस्था छैन।’

परराष्ट्र मन्त्रालयले बरू पासपोर्टमा भएको भिसालाई र पिआर अथवा टिआरका आधारमा भोट हाल्ने व्यवस्था गर्न सुझाएको छ। भिसामा अवधि हुने र विदेशी पासपोर्ट लिएको मान्छेको भिसा नहुने भएकाले पहिचान गर्न सहज हुने मन्त्रालयले जनाएको छ।

नवौं,

मतदातामा डिजिटल लिटेरेसी छैन। खाडी राष्ट्रमा गएका कतिपय मतदाताले नेपालबाट पठाइएको मेसेज हेरेर बुझ्ने अवस्था नरहेको भट्टराई बताउँछन्।

‘फोन डेढ लाखको बोक्नुहुन्छ। तपाईंको मोबाइलमा यस्तो मेसेज आएको छ, पठाउनुहोस् भन्यो भने हेरेर काम गरिदिनुस् भनेर मोबाइल दिनुहुन्छ,’ भट्टराई भन्छन्, ‘मतदातालाई बुझाउनुपर्ने अवस्था छ।’

दशौँ,
परराष्ट्र मन्त्रालयका अधिकारीहरू विदेशबाट मतदान हुने अवस्थामा अनुमगन गर्ने बजेट समेत दूतावाससँग नहुने बताउँछन्। वर्षमा विभिन्न कार्यक्रम गर्न जम्मा दश लाख बजेट हुने भएकाले त्यो बजेटले निर्वाचनका लागि मतदाताहरूलाई शिक्षा लगायतका कार्य गर्न गाह्रो हुने मन्त्रालयको धारणा छ। त्यसैले नियोगहरूलाई बजेट आवश्यक रहेको अधिकारीहरू बताउँछन्।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नियोगबाट मतदान व्यवस्थापन गर्न चुनौती भए पनि केही देशबाट पाइलटिङ गर्न सकिने पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिएको स्रोतले जनाएको छ।

जेनजी घटना : काठमाडौंबाट मात्रै २६७ जना पक्राउ, प्रहरी हत्या आरोपमा १३ जना कारागार चलान

८ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले २६७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरूमा तोडफोड र आगजनी गरेको आरोपमा अहिलेसम्म २६७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको परिसरका एसएसपी रमेश थापाले बताए ।

जसमध्ये २६२ पुरुष र ५ जना महिला छन् । यसरी समातिएका मध्ये प्रहरी हत्यामा संलग्न भएको आरोपमा मात्रै १६ जना पक्राउ परेका थिए । उनीहरू मध्ये १३ जना अहिले पुर्पक्षका लागि कारागार चलान भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

३ जना भने अहिले अनुसन्धानका लागि हिरासतमै छन् । अहिलेसम्म प्रहरी हत्यासहित अन्य मुद्दाका गरेर ४३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३३ जना धरौटीमा रिहा भएका छन् ।

११३ जनामाथि अहिले अनुसन्धान भइरहेको छ । ८७ जनालाई हाजिरी जमानीमा छाडिएको छ । पक्राउ परेकाहरूविरुद्ध १५४ मुद्दा दर्ता भएका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहितका नातेदारलाई दिलाए नियुक्ति

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका हुन् ।

स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।

आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए । प्रतिक्रियामा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकारे ।
‘नाता खोज्दै जाँदा त नेपालभर कोही न कोही नाता पर्छ होला नी,’ उनले भने, ‘मैले नातेदार भनेर सबैलाई नियुक्त गरेको होइन ।’ प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाँउ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा आफ्नो पत्नी चयन भएको उनले स्वीकारे ।

उनले भने, ‘नियुक्त भएका श्रेष्ठ थरका सबै मानिसहरू मैले नै नियुक्त गरेको भनेर अफवाह फैलाइयो, त्यो एकदमै गलत हो ।’ प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेका मन्त्रालयहरूमा प्रमुख स्वकीय सचिवको हैसियतले आफूले समन्वय गरिरहनुपरेको भन्दै उनले ती निकायमा नियुक्त भएका र जिम्मेवारी पाएका कतिपय व्यक्तिहरूको नाम समेत आफूसँग जोडिएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे ।

नियुक्तिहरूमा आफू र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम जबर्जस्ती मुछ्न खोजिएको भन्दै उनले बहालवाला सचिवका परिवारका सदस्य र निजामती सेवामा कार्यरत केही व्यक्तिहरूलाई पनि आफूसँग जोडेको गुनासो गरे । उनले भने, ‘प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेश गरेकाहरूलाई पनि मैले नियुक्त गरेको भनी हल्ला चलाइयो ।’

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘२०८२।५।६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

बालुवाटारमा शनिबार राति सरकार र प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानबीच वार्ता भएको थियो । उक्त वार्तापछि अभियानले आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्तासमेत लिएको थियो । वार्तामा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको थियो ।

महाभियानले ७ मंसिरदेखि नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो । प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २ मंसिरको मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो ।

चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन, मंसिर ७– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यही सडक खण्ड अन्तरगत नारायणगढको पुलचोक–गोन्द्राङ खण्डको स्तरोन्नती भएको करिब एक वर्षपछि हेटौंडासम्को खण्डका लागि नयाँ ठेक्का आह्वान गर्न लागेको हो ।

एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक बनाइदैछ । यही खण्डमा पर्ने टिकौली जंगल खण्डमा नेपालकै पहिलो आकर्षक फ्लाइओभर समेत बन्ने भएको छ । बरण्डाभार क्षेत्रमा पर्ने सडक खण्डमा फ्लाइओभर बनाउन लागिएको हो । आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले लामो फ्लाइओभर पहिलोपटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको जानकारी दिए । दुई किमि लामो आकर्षक फ्लाइओभर निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

‘फ्लाइओभर ३–३ लेनको बन्नेछ,’ ढकालले भने, ‘जसमा दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्छ, बाँकी ४ लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् ।’ जुन पुलमा बसेर आन्तरिक तथा बाह्य पर्यटकले फोटो र भिडियो खिच्न पाउने उनले सुनाए ।

फ्लाइओभरमा ६७ वटा त पिलर मात्र रहनेछन् । ‘फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछन्,’ उनले भने, ‘वन्यजन्तुको सुरक्षाका लागि नै यस्तो फ्लाइओभर निर्माण गर्न लागिएको हो । टिकौली जंगलमा सवारीसाधनको ठक्करबाट धेरै वन्यजन्तु मर्ने गरेका छन् ।’

आयोजनाले नारायणगढबाट हेटौंडासम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागेको छ । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम अन्तिम चरणमा रहेको र निर्माणका लागि तयार पारिएको डिजाइन पनि स्वीकृत हुने चरणमा रहेको ढकालले जानकारी दिए । जसमा एडीबीले करिब तीन अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने समझदारी भएको उनले बताए ।