Home Blog Page 92

रत्ननगर महाेत्सव : आज शनिबार ४२ हजारले गरे अबलाेकन

रत्ननगर महोत्सवमा बद्री पंगेनीको गीत सुनेर धरधरी रोए आमाहरू (भिडियो)

रत्ननगर । टिकाैल‌ी चाैरमा जारी रत्नगगर महाेत्सवमा शनिबार ४२ हजारले अबलाेकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजना गरेकाे उक्त महाेत्सवमा एकैदिन ४२ हजार बढीले अबलाेकन गरेकाे आयाेजकले जनाएकाे छ ।

महाेत्सवमा अहिले सम्मकै अत्याधिक भीड भएका कारण आयाेजकलाई नियन्त्रण गर्न मुस्किल भएकाे थियाे । माघ एक गते ३६ हजारले महाेत्सव अबलाेकन गरेका थिए ।

महाेत्सव सकिने दिन नजिकिदै गर्दा शनिबार अबलाेकनकर्ताकाे संख्या अत्याधिक भएकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले बताए ।

शुक्रबार सम्म एक लाख ७८ हजारले महाेत्सव अबलाेकन गरेकाे तथ्याङ्क आयाेजकले दिएकाे थियाे । यसैबीच महाेत्सव अन्तर्गत शनिबारै साहित्य गाेष्ठी सम्पन्न गरिएकाे छ ।

रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजना तथा महिला उद्यमी गाेष्ठी व्यवस्थापन समितिकाे व्यवस्थापनमा गाेष्ठीकाे गरिएकाे हाे । महाेत्सव अन्तर्गत कला साहित्यकाे विकासकाे लागि साहित्य गाेष्ठी आयाेजना गरिएकाे हाे ।

संघका अध्यक्ष शंकर गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता मार्फत जिल्लाकाे आर्थिक विकासकाे चर्चा गरेका थिए ।

रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा संघका पूर्व अध्यक्ष गाेपालराज कर्माचार्य, नारायणकाजी श्रेष्ठ, साहित्यकार तिलकराज शर्मा, धनराज गिरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा कवि तथा साहित्यकारहरु राजेन्द्र घायल, सुरेशचन्द्र आचार्य,कृष्णा शर्मा, माेदनाथ मरहठ्ठा, किसान प्रेमी, गणेश प्रसाद शर्मा, रामलाल कुमाल, दुर्गा पुरी, लीलादेवी दाहाल, चेतनाथ रेग्मी, दुर्गाप्रसाद पाैडेल, सर्वज्ञ पाैडेल, गिरीराज डल्लाकाेटी, यमुना न्याैपाने लगायतले रचना बाचन गरेका थिए ।

कार्यक्रम संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठ कर्मचार्यले सञ्चालन गरेकी थिइन । महाेत्सवकाे १२औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । रत्ननगर महाेत्सव माघ ८ गते सम्म चल्ने छ ।

रत्ननगर महोत्सवमा बद्री पंगेनीले गीत गाउँदा धरधरी रोए आमाहरू।

रत्ननगर महोत्सवमा बद्री पंगेनीले गीत गाउँदा धरधरी रोए आमाहरू।

 

रत्ननगर महोत्सवमा कुशल बेलबासेले यसरी उफारे दर्शक ( लाईभ भिडियो)

रत्ननगर महोत्सवमा कुशल बेलबासेले यसरी उफारे दर्शक ( लाईभ भिडियो)

चितवनमा केराघारी भित्र पुरुषको शव फेला

चितवन, माघ ५- पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारी भित्र बिहीवार एक पुरुषको शव फेला परेको छ । मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाईसेन्स फेला परेको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरी पाठकको जग्गामा एकला महतोले लगाएको केरा घारी भित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौँका एक व्यक्तिले मौरी चरनका लागि खटाएको खुलेको छ । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

शक्तिशाली देवी दक्षिणकालीको उत्पती र महिमाको कथा !!

पाञ्चायन डेरीमा गोदामघर शिलान्यास

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पाञ्चायन दुग्ध उत्पादक सहकारी संस्थामा गोदामघर शिलान्यास गरिएको छ।

पशुपालक कृषकहरुलाई आवश्यक चोकर, ढुटो लगायतका वस्तु भण्डारण गरी विक्री वितरण गर्न तथा संस्था आफैंले उत्पादन गरेको दाना भण्डारणको लागी गोदामघर निर्माण गर्न लागिएको हो।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय बाट सहकारीको लागी विनियोजित १५ लाख बजेट बाट गोदामघर निर्माण हुनेछ।

गोदामघरको शुक्रबार वडाध्यक्ष आशिक तामाङले एक कार्यक्रमका बीच शिलान्यास गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ‘दूध जोन’ को रुपमा विकास हुँदै गईरहेको वडा नं. १५ का दुग्ध उत्पादक सहकारीहरुलाई आवश्यक भौतिक पूर्वाधारको लागी वडा कार्यालयले लगानी र समन्वय गरिरहेको बताए। कच्चा दूध मात्र बिक्री गर्दा बिक्री वितरणमा समस्या आईरहेकाले दुग्ध विविधीकरणको लागी पनि प्रदेश सरकारको कृषि मन्त्रालयमा प्रस्ताव पेस गरिएको उनले जानकारी दिए।

त्यस्तै सहकारीका अध्यक्ष सन्दीप रेग्मीले विनियोजित बजेटको सही सदुपयोग गरी भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। अर्को प्रसंगमा अध्यक्ष रेग्मीले दूधको विक्रीवितरणमा आएको समस्याको कारण किसानलाई समयमा भुक्तानी दिन नसकेकोमा दुःख व्यक्त गरे। ठूला डेरी उद्योगहरुले महिनौं सम्म भुक्तानी नगरी आलटाल गर्ने गरेकाले समस्या उत्पन्न भएको उनले जानकारी दिए।

सहकारीका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू लीलादेवि पोखरेल र ईमप्रसाद पन्त, वडा सचिव सूर्य ढुंगाना, संस्थाका निवर्तमान अध्यक्ष हरिश्चन्द्र अधिकारी, पाञ्चायन मन्दिर अध्यक्ष मदन भुजेल, शिवालय मन्दिर अध्यक्ष ठाकुर खनाल लगायत सरोकार वालाहरुको उपस्थिति रहेको थियो।

वि.स २०५४ सालमा स्थापना भएको सहकारीमा हाल ३०० कृषकले दैनिक २२ सय लिटर दूध विक्रीवितरण गर्दै आईरहेका छन्। विक्री गरिएको दूध बाट मासिक ४० लाख बढी रकम भित्रिँदै आएको छ।

कार्यक्रम संस्थाका सचिव नवराज घिमिरेले सञ्चालन गरेका थिए।

बाग्लुङमा दुर्गा प्रसाईंलाई हातपात गर्न खोजेको आरोपमा एक पक्राउ

४ माघ, बाग्लुङ । बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ ।

कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए ।

उनले भने, ‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’

बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन ।

प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक आघात पुर्‍याएको भन्ने पीडितको उजुरीको आधारमा संखुवासभा चिचिला गाउँपालिका-२ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो।

साइबर व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा राई संलग्न भएको पाइएपछि उनलाई व्यूरोको टोलीले मंगलबार संखुवासभाबाट पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जसले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्…

गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्ष भित्रमा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन्।

उनले भनिन्, ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ।’ परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन्। उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन्।

‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ’, उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ।’ उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन्।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन्। यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन्।

उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी छिन्। उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत पनि छिन्। रासस

संविधान दिवसमा असल चालचलन भन्दै छुटेका व्यक्ति चोरी आरोपमा समातिए

३ माघ, काठमाडौं । गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै कारागारबाट छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालका अनुसार, झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत पक्राउ परेका छन् ।

खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद सजाय भुक्तान गरिरहेका थिए । तर, २०८० साल असोज ३ गते संविधान दिवसका बेला असलचालचलन भएको भन्दै छुटेका थिए ।

‘छुट्नेवित्तिकै उनी फेरि चोरीमा संलग्न भएको देखिन्छ’, एसएसपी खनालले भने, ‘उनलाई यसअघि चोरीमा १२ वर्षसम्म जेल सजायको आदेश भएको थियो ।’

प्रहरीका अनुसार, बस्नेतविरुद्ध हालसम्म १२ वटा मुद्दा दर्ता भएको देखिन्छ । तीमध्ये ९ वटा चोरीसम्बन्धी कसूरका छन् भने ३ वटा अभद्र व्यवहार सम्बन्धी कसूरमा छ ।

‘ललितपुरमा ४, काठमाडौंमा २, काभ्रेमा २, भक्तपुरमा एक र दोलखामा ३ वटा मुद्दा दर्ता भएको देखिएको छ’, खनालले भने ।

एसएसपी खनालका अनुसार, उनले चोरीका लागि अनौठो तरिका प्रयोग गर्ने गरेको खुलेको छ । ‘प्रायः विदेशी बस्ने घरलाई टार्गेट गर्ने गरेको देखिन्छ भने चोरी गर्न छिर्दा र बाहिर निस्किँदा फरकफरक लुगा लगाउने गरेको देखिएको छ’, खनालले भने, ‘प्रहरीलाई अनुसन्धान गर्दा गाह्रो होस् भनेर उनले यसो गर्ने गरेको देखिन्छ ।’

उनले प्रहरीबाट बच्नका लागि चोरी गरेर फर्किँदा समेत सिधै घर नजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘भक्तपुरको निकोसेरा डेरा भएकामा उनी चोरी गरेर निस्किएर काठमाडौंका विभिन्न स्थान डुलेर कहिले साइकल कहिले पठाओ चढेर घरसम्म पुगेको देखिएको छ’, एसएसपी खनालले भने, ‘धेरै पटक पक्राउ परिसकेको भएर होला उनको अपराध शैली अलि फरक देखिएको छ ।’

प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने चोरीका अन्य घटनामा पनि उनको संलग्नता हुनसक्ने आशंका छ ।

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौँ । १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।

उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।