Home चितवन सेरोफेरो साईलेज़ बनाउने मेसिनमा बेरिएर रत्ननगरमा एकजना घाइते

साईलेज़ बनाउने मेसिनमा बेरिएर रत्ननगरमा एकजना घाइते

1

उज्यालो नेपाल। चितवनमा मकैको ढोड काट्ने मेसिनमा च्यापिएर एकजना घाइते भएका छन्।

रत्ननगर नगरपालिका वडा नं. १६ दोबाटो बजार नजीकै मकैको ढोड काट्ने क्रममा मेसिनमा च्यापिएर बुधबार सोही स्थानका ३५ वर्षीय हरि अधिकारी घाइते भएका हुन्।

प्रहरीले दिएको जानकारी अनुसार घाइते अधिकारीको अवस्था गम्भीर छ। उनको कम्मर मुनिको भागमा गम्भीर चोट लागेको छ।

उनलाई उपचारको लागि भरतपुरको एलाईभ अस्पतालमा लगिएको छ। अधिकारी दोबाटो टोलका रामकुमार श्रेष्ठको जग्गामा कमल थापाले लगाएको मकैको ढोड काट्न गएका थिए।

साइलेज बनाउनको लागी ढोड टुक्राउने क्रममा उनी मधेश प्रदेश–०३–००१ त ८१०८ नम्बरको ट्याक्टरमा जडित घाँस काट्ने हार्वेस्टर मेसिनमा अड्किन पुगेका थिए।

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

Exit mobile version