नारायणी नदी किनारमा ३ वटा शव फेला
नवलपरासी पूर्व — गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ । डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका-१ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र एक महिलाको शव मंगलबार बिहान फेला परेको हो । शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed