नारायणी नदी किनारमा ३ वटा शव फेला

नवलपरासी पूर्व — गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।

डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका-१ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र एक महिलाको शव मंगलबार बिहान फेला परेको हो ।

शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।

Previous articleमुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस
Next articleबाढीमा ज्यान गुमाएका ३ किशोरीको सामूहिक अन्त्येष्टि, शोकमा डुब्यो पुनर्वास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।