Home Uncategorized यी हुन् डेढ करोड बढी रकम हिनामिना गर्ने सरकारी कर्मचारी

यी हुन् डेढ करोड बढी रकम हिनामिना गर्ने सरकारी कर्मचारी

0

महोत्तरी । नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा पिपराको एक करोड ६१ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको भन्दै महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका ३ का २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका ३ का ३१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।

तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतका अनुसार दुवै जनाले नक्कली ऋणी बनाएर झुठा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यहरुबाट मासिक सावा किस्ता र ब्याज रकम समेत असुली उठाई बैंकमा जम्मा नगरी १ करोड ६१ लाख ७६ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रवन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीको आधारमा ती दुईमाथि बैंकिङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

रकम हिनामिनामा ती दुई जनाको मात्रै हात नरहेको आशंका गर्दै वितिय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी गरिरहेको उनले बताए ।

The post यी हुन् डेढ करोड बढी रकम हिनामिना गर्ने सरकारी कर्मचारी appeared first on Rajdhani Daily News.

अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

Exit mobile version