Home Uncategorized अमेरिकी सैन्य विमान खसाएको तालिबानको दाबी

अमेरिकी सैन्य विमान खसाएको तालिबानको दाबी

0

अफगानिस्तानमा अमेरिकी सैन्य विमान आफूहरुले खसाएको दाबी तालिबानले गरेको छ।

गजनी प्रान्तस्थित दे याक जिल्लामा सैन्य विमान खसाइएको र विमानमा सवार सबैको मृत्यु भएको तालिबानले जनाएको छ।

सोमबार सो स्थानमा एक विमान दुर्घटना भएको भनिएपनि त्यसबारे आधिकारिक जानकारी प्राप्त भएको छैन।

स्थानीय अधिकारीहरुले पहिले एरियाना एयरको विमान दुर्घटनाग्रस्त भएको बताए पनि एयरलाइनले त्यसको खण्डन गरेको थियो। जसका कारण दुर्घटना रहस्यमय बनेको थियो। एजेन्सी

रत्ननगर महोत्सवमा कुशल बेलबासे र राधिका हमालको प्रत्यक्ष दोहोरी हानाहान लाईभ दोहोरी भाग १

Exit mobile version