हामी जाँदा भिडभाड बढ्छ ऊद्धारमा बाधा पर्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको बताउनुभएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लामिछाने लगायतको टोली पोखरा जाने तयारी थियो । तर पोखरा जाने तयारीको अन्तिम समयमा आफूहरूको भ्रमणले भिड बढ्ने जोखिम भएकोले नजाने निर्णय गरेको लामिछानेले बताउनुभयो । … Continue reading हामी जाँदा भिडभाड बढ्छ ऊद्धारमा बाधा पर्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने