काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरू पोखरा जाँदा भिडभाड बढी उद्धारमा समस्या होला भनेर पोखरा नजाने निर्णय गरेको बताउनुभएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लामिछाने लगायतको टोली पोखरा जाने तयारी थियो ।
तर पोखरा जाने तयारीको अन्तिम समयमा आफूहरूको भ्रमणले भिड बढ्ने जोखिम भएकोले नजाने निर्णय गरेको लामिछानेले बताउनुभयो । यस्तै उहाँले काठमाण्डाैबाट लिनुपर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि जुटिरहेको पनि बताउनुभएको छ ।

गृहमन्त्रीले फेसबुकमा यस्तो लेखेका छन्
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरु परिचालन गरिएको जानकारी गराउदछु। दुर्घटनास्थलबाट केहि शवहरु निकालिएका छन भने थप उद्धारको कार्य जारी छ ।
यस अवस्थामा म र सम्माननीय प्रधानमन्त्री ज्यु त्यहाँ पुग्दा उद्धार कार्य झन प्रभावित होला भनेर हामीले अहिले तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेका छौ । काठमाडौँबाट लिनु पर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि जुटिरहेका छौ । साथै यस शोकको घडीमा भोलीका लागि तय भएका सबै औपचारिक तथा सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएका छन।
https://ujyaalonepalnews.com/archives/25874


