Home Uncategorized सभामुख सापकोटालाई नागरिक अभिनन्दन

सभामुख सापकोटालाई नागरिक अभिनन्दन

0

सिन्धुपाल्चोक, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई सिन्धुपाल्चोकमा शनिबार नागरिक अभिनन्दन गरिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाईमा सिन्धुपाल्चोकका नगरपालिका, गाउँपालिका र गैर सरकारी संघसंस्थाहरूले संयुक्त रूपमा सभामुख सापकोटालाई नागरिक अभिनन्दन गरेको हो ।

सो अवसरमा सभामुख सापकोटाले देश भक्ति र सदाचारमा आफूले कहिले पनि सम्झैता नगर्ने प्रतिवद्धता जाहेर गरे ।

उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

यसैगरी सभामुख सापकोटाले सभामुख पद कुनै पार्टी विशेषको नभई सिंगो मुलुक र जनताको साझा पद हुने भएकोले आफ्ना कार्यकालमा कसैलाई पाखा र काखा नगर्ने बताए ।

The post सभामुख सापकोटालाई नागरिक अभिनन्दन appeared first on Koshi Online.

निक्षेप सङ्कलनमा सामान्य सुधार

Exit mobile version