टिकौली जंगलमा एक व्यक्ति मृत अवस्थामा फेला

रत्ननगर- चितवनको भरतपुर भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने खगेरी खोला नजिकै टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।

हिजो मंगलवार जंगल भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए  ।

प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए ।

Previous articleतराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने
Next articleसिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।