रत्ननगर- चितवनको भरतपुर भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने खगेरी खोला नजिकै टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।
हिजो मंगलवार जंगल भित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए ।
