सफाइ पाएपछि रविले भनेः न्याय मरेको रहेनछ

आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको हो।

भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।

पुडासैनी मृत्यु प्रकरणमा सफाइ पाएपछि रवि लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै भने,‘न्याय मरेको छैन भन्ने यो अर्को उदाहरण हो।’

उनले आफूलाई देश विदेशबाट समर्थन गर्ने आफ्नो सबै शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे।

जनकपुरमा १सय ५१ फिटकाे सीताको मूर्ति बनाउने काजलको सपना पूरा होला ?

Previous articleअदालतले दियो रवि लामिछानेलाई सफाइ
Next articleयुवा स्टारको ओलम्पिकमा पदक जित्ने सपना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।