जेरुसलेममा फ्रान्सेली राष्ट्रपतिले इजरायली प्रहरीलाई झपारे (भिडियो)

बिहीबार म्याक्रो जेरुसलेमस्थित फ्रान्सले निर्माण गरेको चर्चमा भ्रमण गर्न गएका थिए।

तत्कालिन नाजी सरकारले हत्या गरेको मानिसहरुको सम्झनामा सेन्ट एनी चर्चमा प्रार्थनाको आयोजना गरिएको थियो।

उक्त चर्च फ्रान्सको भूमि भएको बताइन्छ। चर्चमा पसिरहँदा इजरायलका प्रहरीले उनको भिडियो खिचेपछि म्याक्रोंले ती प्रहरीलाई झपारेको सीएनएनले जनाएको छ।

प्रहरीले म्याक्रोंलाई पछ्याउँदै चर्चमा पसेर भिडियो खिचेपछि म्याक्रों रुष्ट बनेका थिए।

म्याक्रोंले ‘बाहिर निस्क’ भन्दै प्रहरीलाई कराएका थिए। म्याक्रोले भनेका छन्,‘नियम सबैलाई थाहा छ। तिमीले मेरो अगाडि जे गर्यौ त्यो मलाई मन परेन। बाहिर निस्क।’

उक्त १२ औं शताब्दीको रोमन क्याथोलिक चर्च सन् १८५६ मा सुल्तान ओटोमानले नेपोलियन तेस्रोलाई उपहार दिएका थिए। यसकारण इजरायलमा भएपनि उक्त चर्च फ्रान्सको सम्पति भएको बताइन्छ। एजेन्सी

(भिडियो)

 

सप्तरीमा आयोजित धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जना भारतीयको मृत्यु

Previous articleदीपक मनाङे पक्राउ
Next articleकोरोना भाइरसबाट मर्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।