Home Uncategorized कोरोना भाइरसबाट मर्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प

कोरोना भाइरसबाट मर्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प

चीनमा रहस्यमय कोरोना भाइरसको प्रकोपबाट मारिने मानिसको संख्या २५ पुगेको छ। ६ सय १६ जनामा यो भाइरस देखिएको छ।

भाइरस फैलिएको एक करोड १० लाख जनसंख्या भएको वुहान सहर ठप्प पारिएको छ।

भाइरसको प्रसार रोक्न वुहानबाट ४५ माइल टाढाको हुवाङगाङ तथा इचाउ सहरमा आवतजावत र सार्वजनिक भेलामा रोक लगाइएको छ।

तीनै सहरमा करिब २ करोड मानिस बस्छन्।

यी सहरमा रेललगायत यातायातको साधन बन्द गरिएको छ। भाइरसको प्रकोप रोक्न चिनियाँ अधिकारीहरुले जोडबल लगाइरहेका छन्।

चीनबाहेक अमेरिका, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। एजेन्सी

मुख्यमन्त्रीले रक्सी पिएको भिडियोबारे स्पष्टिकरण

Previous articleजेरुसलेममा फ्रान्सेली राष्ट्रपतिले इजरायली प्रहरीलाई झपारे (भिडियो)
Next articleरोनाल्डोको उत्कृष्ट लय जारी, १० खेलमा १३ गोल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।