Home ताजाखबर भोटेकोशी बाढी : त्रिशूली बजार आसपासका करिब ६० घर बगायो, देवीघाट क्षेत्र...

भोटेकोशी बाढी : त्रिशूली बजार आसपासका करिब ६० घर बगायो, देवीघाट क्षेत्र प्रभावित

0
113

रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ।

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।

बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ।

यस्तै बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ। रासस

Previous articleकालिका नगरपालिकाका १३ सुकुम्बासी परिवारले आफ्नै घर पाए, थप ५० घर बनाउने नगरको योजना
Next articleभोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।