Home चितवन सेरोफेरो कालिका नगरपालिकाका १३ सुकुम्बासी परिवारले आफ्नै घर पाए, थप ५० घर बनाउने...

कालिका नगरपालिकाका १३ सुकुम्बासी परिवारले आफ्नै घर पाए, थप ५० घर बनाउने नगरको योजना

0
130
घरको चाबी हस्तानान्तरण गर्दै नगरप्रमुख विनोद रेग्मी, उपप्रमुख बिमला तामाङ, वडाध्यक्ष लक्षमण पौडेल, लुमन्ती कार्यक्रम संयोजक सिंहबहादुर वाईवा लगायत

कालिका, चितवन, ९ भदौ । कालिका नगरपालिकाका १३ सुकुम्बासी तथा विपन्न परिवारले आफ्नै घर पाएका छन्। कालिका नगरपालिका र लुमन्ती संस्थाको सहकार्यमा विपन्न परिवार आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका १३ वटा सुरक्षित आवास सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।

नगरपालिकाले नागरिकलाई नाना, छाना र खानाको व्यवस्था गर्ने उद्देश्यले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। सोही अभियानअन्तर्गत नगरपालिकाले आगामी दिनमा थप ५० वटा घर निर्माण गरी विपन्न तथा आवासविहीन परिवारलाई वितरण गर्ने योजना अघि सारेको छ।

निर्माण गरिएको दुईकोठे घर

नगरपालिकाका अनुसार आवास निर्माणमा नगरपालिकाको ३० प्रतिशत, लुमन्ती संस्थाको ५५ प्रतिशत र सम्बन्धित घरधनीको १५ प्रतिशत लगानी रहेको छ। नगरपालिकाले १३ वटा घर निर्माणका लागि १३ लाख ४४ हजार ६ सय ७८ रुपैयाँ तथा लुमन्ती संस्थाले २५ लाख ८५ हजार ६७ रुपैयाँ लगानी गरेको लुमन्तीका कार्यक्रम संयोजक सिंहबहादुर वाईवाले जानकारी दिए ।

निर्माण गरिएका घरमध्ये कालिका नगरपालिका वडा नं. १ मा एउटा, वडा नं. ३ मा छ वटा , वडा नं. ५ मा चारवटा , वडा नं. ६ मा एउटा र वडा नं. ७ मा एउटा घर रहेका छन्।

BINOD REGMI
घर हस्तानान्तरण कार्य्रक्रममा बोल्दै नगरप्रमुख विनोद रेग्मी

नगर प्रमुख विनोद रेग्मीले विपन्न तथा आवासविहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने अभियानमा स्थानीय तहसँगै विभिन्न संघसंस्थाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

नगरपालिकाले आगामी दिनमा पनि आवासको समस्या रहेका परिवारलाई लक्षित गरी सुरक्षित घर निर्माण तथा हस्तान्तरणको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Previous articleकाठमाडौँमा छोराको हत्या, दाङमा आमा मृत फेला
Next articleभोटेकोशी बाढी : त्रिशूली बजार आसपासका करिब ६० घर बगायो, देवीघाट क्षेत्र प्रभावित
निराजन घिमिरे
निराजन घिमिरे चितवनमा बसेर सक्रिय सक्रिय पत्रकारिता गर्छन, जो स्थानीय मुद्दा, कृषि, विकास र सामाजिक गतिविधिलाई तथ्यपरक ढंगले उज्यालो नेपालमार्फत जनतासम्म पुर्‍याउन समर्पित छन्। उनि चितवनबाट प्रकाशित भईरहेको उज्यालो नेपाल न्युजका संचालक समेत हुन्।