Home Uncategorized ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले पत्रकार सम्मेलन गरी यही आज असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन लागेको उल्लेख गर्नुभयो ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले यस महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापकरूपमा उठाउने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिनुभयो ।

ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/28396

Previous articleमिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति
Next articleझुठा विवरण पेश गरेर नागरिकता लिएको भन्दै आठ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।