Home Uncategorized ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

दैलेख- दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

निमार्णाधीन अवस्थामा रहेको ड्याम बर्सातका कारण भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर आठबिस–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको आज बेलुका मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताउनुभयो ।

आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुङ्गा लागेर बालकको मृत्यु भएको प्रहरीलाई जानकारी गराउनुभयो । उहाँले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिनुभयो ।

“रातिको समयमा प्रहरी घटनास्थल पुग्नसक्ने अवस्था छैन, पानी परेकाले समस्या छ, ड्यामबाट खसेको डुङ्गा लागेर एक जना बालकको मृत्यु भएको सूचना पाएका छौँ, प्रहरी घटनास्थल भोलि बिहान मात्रै पुग्छ होला”, प्रहरी प्रमुख लम्सालले भन्नुभयो ।

ड्याम भत्किँदा अन्य छ जना बालबालिका घाइते भएको वडाध्यक्ष विकले जानकारी दिनुभयो । “ड्याम भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्, घाइतेमध्ये १३ वर्षका किरण बुढामगर भने गम्भीर अवस्थामा छन्”, उहाँले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/28689

Previous article‘विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो’: प्रधानमन्त्री
Next articleइस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।