Home Uncategorized बससँग ठोक्किएर कोशी ब्यारेजमा ट्रक खस्यो, चालक र यात्रुको सकुशल उद्धार

बससँग ठोक्किएर कोशी ब्यारेजमा ट्रक खस्यो, चालक र यात्रुको सकुशल उद्धार

सप्तरी- सप्तरी र सुनसरीको बीचमा पर्ने कोशी व्यारेजमा आज ट्रक खसेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको ढोका नं ९ र १० को बिचमा मे १ ख ३००७ नंको ट्रक खसेको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नम्वरको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।

नदीमा खसेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेको ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29274

Previous articleअमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा
Next articleमधेस आन्दोलनमा तोडिएको भानुभक्तको शालिक पुनः स्थापना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।