Home Uncategorized अमेरिकी विदेशमन्त्री लुद्वारा बालुवाटार पुगेर स्वर्गीय दाहालप्रति श्रद्धान्जली व्यक्त

अमेरिकी विदेशमन्त्री लुद्वारा बालुवाटार पुगेर स्वर्गीय दाहालप्रति श्रद्धान्जली व्यक्त

काठमाडौं- संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको तस्बिरमा बालुवाटार पुगेर लुले श्रद्धाञ्जलि अर्पण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। उहाँले शोक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ।

एकदिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसक्नुभएको छ। उहाँले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँले गतवर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो।

https://ujyaalonepalnews.com/archives/29279

Previous articleगुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा
Next articleकक्षा ११ मा विज्ञान र व्यवस्थापन अध्ययन गर्ने सोच छ? पंचकन्या विद्या मन्दिर हुनसक्छ उत्तम विकल्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।