Home Uncategorized एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहनुभएको छ । उहाँ यही साउन ८ गते स्वदेश फर्कनुहुनेछ ।

https://ujyaalonepalnews.com/archives/29461

Previous articleकैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन
Next articleशिवखोला ट्रक दूर्घटना अपडेटः चार घण्टापछि घाइते अवस्थामा चालकको उद्दार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।