Home Uncategorized साँगामा बस खस्दा पाँच जना घाइते

साँगामा बस खस्दा पाँच जना घाइते

काभ्रे- काभ्रे र भक्तपुर जिल्लाको सिमानामा पर्ने साँगामा आज दिउँसो काठमाडौबाट बनेपातर्फ जाँदै गरेको यात्रुबाहक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा ४ ख ९३९६ नम्बरको काभ्रे-काठमाडौं नगरबस करिब १५ जना यात्रु बोकेर बनेपातर्फ जाँदै गरेको अवस्थामा सूर्यविनायक नगरपालिका वडा नंं. ९ साँगामा सडकबाट तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरिक्षक रेशम बोहराका अनुसार चार जना यात्रु र चालक घाइते भएका हुन ।

घाइतेहरुको प्रहरी र स्थानीयबासिन्दाले उद्धार गरी भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचारको लागि पठाएको छ ।

घाइते सबैजानको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

घटनाको भएको स्थान भक्तपुर जिल्ला भएकोले भक्तपुर प्रहरीबाट घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/29480

Previous articleग्वार्खो ‘फ्लाई ओभरको डिजाइन’ पुनरावलोकन गरिँदै
Next articleजी–२० अर्थमन्त्री स्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री डा.महत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।