चितवन । चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि अस्पतालमा लफडा भएको छ । खैरहनी नगरपालिका वडा नं. १० बडगाँउ घर भएकी ३२ वर्षीया शर्मिला उप्रेतीको डाक्टरहरुको लापहरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।
साउन ९ गते ज्वरो र पिसाब सम्बन्धी समस्याका कारण शर्मिला अस्पतालमा उपचारका लागि भर्ना भएकि थिइन् ।
मृतकका जेठाजु नमराज उप्रेतीले चिकित्सकले हाईडोजको इन्जेक्सन चलाएको र समयमा उपस्थित समेत नहुँदा चरम लापहरबाहीले उनको ज्यान गएको बताए ।
अहिले अस्पताल परिसरमा आफन्तहरुको ठुलो भिड लागेको छ । मृतक शर्मिला उप्रेतीका १० वर्ष र ६ वर्षका दुइ छोराहरु छन् ।
https://ujyaalonepalnews.com/archives/29776


