Home Uncategorized भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण

भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण

२५ साउन, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।

बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।

जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयका अनुसार समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको छ ।

https://ujyaalonepalnews.com/archives/30192

Previous articleमहानगर र कपनका स्थानीयबीच विवाद, पुनः नापजाँच गरेर काम अघि बढाउन सहमत
Next articleराष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।