Home Uncategorized चितवनमा बस र ट्रक ठोक्कियो

चितवनमा बस र ट्रक ठोक्कियो

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको पिप्लेमा बस र ट्रक आपसमा ठोक्किाँ तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना ६ ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको हो।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दिल्ली हिंसामा मृतकको सङ्ख्या ४२ पुग्यो

Previous articleशुभ बिहानी मनकामना माइको दर्शन गरि आज आइतबारको राशिफल हेर्नुहोला।
Next articleकोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।