Home Uncategorized नवलपुरको दाउन्नेमा यात्रुबस पल्टिँदा २९ जना घाइते

नवलपुरको दाउन्नेमा यात्रुबस पल्टिँदा २९ जना घाइते

नवलपुर- पूर्व–पश्चिम राजमार्गको नवलपुर दाउन्ने घिउखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते भएका छन् । पुर्वी नवलपरासीको नवलपुर विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको घ्युखोलामा बिहान बस दुर्घटना भएको हो ।

धनगढीबाट काठमाण्डौका लागि हिडेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरामुक्त छ । बसमा ३५ जना यात्रु रहेको पौडेलले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/30592

Previous articleसंसद्को गतिरोध अन्त्यका लागि राष्ट्रपतिले सबै राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुहुँदै
Next articleनारायणगढ-मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा बढी समय लाग्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।