Home Uncategorized विमान दुर्घटनामा वाग्नर समूहका प्रमुख प्रिगोजिनसहित दश जनाको मृत्यु

विमान दुर्घटनामा वाग्नर समूहका प्रमुख प्रिगोजिनसहित दश जनाको मृत्यु

संसारभर भाडाका सैनिक उपलब्ध गराउने विशाल सैन्य समूह वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको रुसमा भएको एक विमान दुर्घटनामा मृत्यु भएको छ ।

पश्चिम रुसमा १० जना सवार निजी विमान दुर्घटनाग्रस्त भएको हो । सो विमानमा सवार सबै यात्रुको मृत्यु भएको जनाइएको छ । सो विमानमा यात्रा गर्नेहरुको सूचीमा प्रिगोजिनको नाम पनि रहेको रुसी नागरिक उड्डयन प्राधिकरणका अधिकारीले पुष्टि गरेका छन् ।

वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालले वाग्नगरको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको बताएको छ । ग्रे जोन नामक टेलिग्राम च्यानलले रूसका देशद्रोहीहरूका कारण प्रिगोजिनको मृत्यु भएको पोष्ट गरेको छ ।

प्रिगोजिनले गत जुनमा रुसी सशस्त्र सैनिक विरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि प्रिगोजिनले मस्को पुग्नु अघि नै आफ्ना सेना फिर्ता गरेका थिए ।

प्रिगोजिनसँग राम्रो सम्बन्ध भएका रुसी वायुसेनाका प्रमुख जनलरल सेर्गेई सुरोविकिनलाई हिजै प्रमुखबाट बर्खास्त गरिएको थियो । साथै प्रिगोजिन चढेको विमान पनि एकै समयमा दुर्घटना हुनु र प्रिगोजिन मारिनुलाई सुनियोजित घटना भएको विश्लेषण गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रिगोजिनको मृत्यु रुसमा कुनै अनौठो घटना भएको प्रतिक्रिया दिनुभएको छ । सन् २०१४ मा प्रिगोजिनले भाडाकै सैनिक उपलब्ध गराउने वाग्नर समूहको गठन गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/30670

Previous articleकोशी प्रदेश सभाको चालू तेस्रो अधिवेशन अन्त्य
Next articleबारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु, १९ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।