Home Uncategorized विश्व कुइँकेलको ‘गोपीचा’ सार्वजनिक

विश्व कुइँकेलको ‘गोपीचा’ सार्वजनिक

काठमाडौँ- साहित्यकार विश्व कुइँकेलको ‘गोपीचा’ उपन्यास काठमाडौंमा लोकार्पण गरिएको छ ।

काठमाडौंको थलीमा जन्मिएका कुइँकेल आख्यानकार हुन् ।

यसअघि उनको ‘सुगन्धपुर’ नामक कथा संग्रह प्रकाशित भइसकेको छ ।

काँठको सामाजिक परिवेश झल्काउने गरी ‘गोपीचा’ उपन्यास लेखिएको हो । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो ।

‘एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको यावत विषयबस्तु आख्यान ‘गोपीचा’ मा समेटने प्रयास गरेको छु,’ कुइकेलले भने, ‘हुन त यसअघि कथा सुगन्धपुर धेरै पाठकले मन पराइदिनु भएकै कारण गोपीचामाथि कलम चलाउने उत्साह थपियो ।’

कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ आख्यानकार नारायण ढकालले काठको चरित्रलाई टपक्क टिपेर गोपीचाको जातीय बिरोधलाई आम पाठक समक्ष सटिक किसिमले शब्दमा उतार्न सक्नु नै विश्वको दख्खल भएको उल्लेख गरे ।

‘जातीय विभेदको चरम असमानतामाथि विद्रोह गरेको पात्रमार्फत ऐतिहासिक विषयवस्तुमा सामाजिक चित्रण गरेको उपन्यास आफैँमा एक महत्त्वपूर्ण कृति बनेको छ,’ आख्यानकार ढकालले भने।

कृतिमाथि समीक्षक राजकुमार बानियाँ, कुमारी लामा र लेखक शंकर तिवारीलेसमेत खुलेर प्रशंसा गरे ।

शिखा बुक्सले प्रकाशन गरेको उपन्यास गोपीचामा जम्मा २१ खण्डमा बिसौँ शताब्दीको अन्त्यतिरको राजनीतिक अवस्था, सामाजिक जनजीवन, कानुनी संरचनालगायत प्रजातान्त्रिक आन्दोलनका विषयवस्तुलाई कलात्मक रूपमा जोड्दै गोपी शर्मालाई जीवन्त बनाउने प्रयास गरिएकै कारण गोपीचा इतिहासको कालखण्डमा आममानिसले भोग्नु परेको उत्पीडन र दासताविरुद्ध भए गरेका विद्रोह जान्न र बुझ्न चाहनेका लागि महत्वपूर्ण दस्तावेज बन्ने उनीहरुको विश्वास छ ।।

https://ujyaalonepalnews.com/archives/31681

Previous articleवीरगन्जमा निकालियो सर्वपक्षिय सर्वदलिय सद्भाव र्‍याली
Next articleराष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छः गृहमन्त्री श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।