राप्ती । राप्ती नगरपालिकामा दशैँ मेला तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । राप्ती-६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत हर्दीमा मेला सुरु भएको हो । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रालिले मेलाको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका पूर्व मन्त्री एवं सांसद कृष्ण खनालले मेलाको उद्घाटन गरेका छन् । उनले युवाको कामको प्रशंसा गरेका छन् । साथै मेलाले दशैँमा रौनक थप्ने हुँदा अवलोकन गर्न सम्पूर्णमा अनुरोध गरेका छन् ।
उद्घाटन समारोह आयोजक संस्थाका अध्यक्ष प्रविण खनालको सभाध्यक्षमा सम्पन्न भएको हो । कार्यक्रममा राप्ती नगर प्रमुख शमशेर लामा, नेपाली काँग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका चितवन अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका चितवन जिल्ला सचिव कुल प्रसाद लामिछाने, राप्ती-७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।
दशैँलाई लक्षित गरी मेला आयोजना गरिएको हो । स्थानीय उत्पादनलाई महत्व दिने उद्देश्यको साथ आयोजना हुन लागेको मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला कात्तिक ३ गतेसम्म चल्नेछ ।
https://ujyaalonepalnews.com/archives/32242




