Home Uncategorized दुई थान पेस्तोलसहित पाँच जना पक्राउ

दुई थान पेस्तोलसहित पाँच जना पक्राउ

बारा-जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजनाबाट परिचालित सुरक्षाकर्मीले जिल्लाको सिम्रौनगढ नगरपालिकाबाट दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित पाँच जनालाई बिहीवार पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक रविभूषण यादवको नेतृत्वमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. ११ भगवानपुरबाट पाँचै जनालाई अवैध हतियार र गोलीसहित पक्राउ गरेको हो ।

स्थानीय ४० वर्षीय उपेन्द्र पटेलले आफ्नो घरको कोठामा अवैध रुपमा हतियार लुकाइएर राखेको सूचनाको आधारमा प्रहरीले घर खानतलासी गरी उक्त हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

पटेलको घरमा बिहान ८ बजे खानतलासी गर्दा एक थान रिभल्वर पेस्तोल र सो पेस्तोलमा लाग्ने ७ राउण्ड गोली, एक थान नलकटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली र के.एफ.१२ लेखिएको जंगी राउण्ड २ थान गोली समेत बरामद गरिएको डिएसपी न्यौपानेले बताउनुभयो ।

अवैध हातहतियारसहित घरधनी ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट बौधीमाई नगरपालिका वडा नं. २ बस्ने ४४ वर्षीय राज मंगल पटेल, सोही ठाउँ बस्ने ८० वर्षीय शोभा राउतलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको उहाँको भनाइ थियो ।

पक्राउ परेका पाचै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/33062

Previous articleसमस्याको सूची बनाएर समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
Next articleउपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।