Home Uncategorized बल्खुमा भेटियो शव, अनुसन्धान गर्दै प्रहरी

बल्खुमा भेटियो शव, अनुसन्धान गर्दै प्रहरी

बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव भेटिएको छ।

बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिए।

‘अहिले हामी घटनास्थलमै छौं, मुचुल्का बनाउँदै छौं,’ डीएसपी कुँवरले नेपालखबरसँग भने, ‘अहिले सबै कुरा खुलिसकेको छैन, केही बेरपछि जानकारी गराउनेछौं।’

शव भेटिएको खबर पाउनासाथ घटनाको सत्यतथ्य बुझ्न त्यहाँ प्रहरी टोली परिचालन भएको छ। प्रहरीका अनुसार शव पुरुषको हो। पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनार ढिस्कोमा भेटिएको हो।

कोरोना भाइरसका कारण विश्वभर ३ हजार ५३ जनाको मृत्यु

Previous articleस्थानीयको त्रास हटाउन सरकारले खरिपाटीमा सुरु गर्‍यो घरदैलो अभियान
Next articleकमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।