Home चितवन सेरोफेरो पुर्विचितवन बाट यात्रु बोकेर गएका गाडी अब नारायणगढ सम्मै जान पाउने

पुर्विचितवन बाट यात्रु बोकेर गएका गाडी अब नारायणगढ सम्मै जान पाउने

चितवन पुर्विचितवन बाट यात्रु बोकेर नारायणगढ जाने सवारीसाधन अब नारायणगढ सम्मै जान पाउने भएका छन् । भरतपुर महानगरपालिकामा मंगलबार यातायात व्यवस्थापन सम्बन्धी सरोकारावालासँग भएको छलफलले नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि सवारीलाई पिक एण्ड ड्रपको सिद्धान्तअनुसार राजमार्ग क्षेत्रमा सवारी चलाउन पाइने निर्णय भएको हो ।

जसअनुसार चौबीसकोठी, पुलचोक, नारायणगढ बसपार्क हुँदै आँपटारी बाइपासबाट केन्द्रीय बसपार्कमा पार्किङ गरी फर्कने व्यवस्था मिलाउने निर्णय गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । यसअघि पूर्वी चितवन र पश्चिम चितवनबाट आउने सवारीसाधनलाई चौविसकोठी सम्म मात्र आउन दिने व्यवस्था गरिएको थियो ।

नारायणगढ बजारमा ट्राफिक जाम र सडक निर्माण भइरहेका कारण यस्तो नियम लागू गरिएको थियो । अब सडक विस्तार सम्पन्न हुने चरणमा रहेकाले नियम परिवर्तन गरिएको महानगरपालिकाले जनाएको छ ।

Previous articleनियतिको खेल, श्रीमान् र सासुको किरिया गर्दै छोराको खबर कुर्दै बबिता
Next articleरत्ननगरमा समाजवादी परित्याग गरी १९ जना एमालेमा प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।