मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा घाटका कामदार ठहरै

बिराटनगर । मलामी आएका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको हो ।

सोमबार दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरी उप-महानगरपालिका -४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षिय उमेश तामाङ र धरानका ३० बर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भईरहेको इटहरीका डिएसपी टेक बहादुर कार्कीले बताए ।

Previous articleफेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढ्यो
Next article२९औं वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुई प्रतियाेगिता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।