Home Uncategorized भारतमा बिहीबार बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

भारतमा बिहीबार बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

बैंगलौर नेसनल हाइवेमा बस दुर्घटना भएको द हिन्दुले जनाएको छ। दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्।

नेपालको सुनसरी जिल्लाबाट ३४ जना सवार बस भारतको तिर्थयात्रामा जाने क्रममा दुर्घटनामा परेको भारतीय प्रहरीले बताएका छन्।

मृतकमध्ये ३ जनाको सनाखत भएको छ। ५६ वर्षका गोपाल तामाङ, ५५ वर्षका फितासारी चौधरी र ६० वर्षका बिष्णु दाहालको सनाखत भएको हो।

तिर्थयात्रीहरु गत फेब्रुअरी ६ मा ३५ दिने तिर्थयात्राका लागि भारत पुगेको बताइएको छ।

‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’

Previous articleजर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु
Next articleआत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।