चितवनमा बाघ र गैँडा मृत फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोस्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो ।

अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघ मर्नुको कारण खुल्न सकेको छैन ।

यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ गुन्द्रइढाका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भाले गैँडा मृत फेला परेको छ ।

गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैँडाको खाग र खुर सुरक्षित छ ।

Previous articleचितवनको खैरहनीमा माछापोखरीमा डुवेर बालकको मृत्यु
Next articleसात दिनदेखि बेपत्ता चितवन कि स्नेहा लामिछाने भेटिइन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।