चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको आठ बर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ ।
शहरीकरण तर्फ उन्मुख सो नगरपालिकाले अहिले सम्म नगरप्रहरी भर्ति गरी सेवा प्रदान गर्न सकेको थिएन् ।
नगरबासीको सुरक्षाको लागि स्थानीय सरकारले नगरप्रहरीको व्यवस्था गरिएको छ । सो नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षक र ८ जना नगर प्रहरी जवान गरी ९ जना नगर प्रहरी भर्ति गरी सेवा सुरु गरेको हो ।९ जनामा ३ जना महिला छन् ।
शुक्रबार आयोजित नगर प्रहरी दिक्षान्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराएका थिए।
सपथ लगतै नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गरेका थिए ।
सार्वजनिक सुचना प्रकाशित गरी सो नगरपालिकाले छनौट भएका नौं जनालाई १५ दिनको तालिम दिएर काममा खटाएको हो ।
बैशाख १ गतेदेखि उनीहरुको सेवा सुुचारु भएको छ । १५ दिने तालिममा नगर प्रहरीको काम, कर्तब्य र अधिकार सहित कबज, इन्डोर, आत्मरक्षा, जनसम्पर्क, दैविक प्रकोप लगायतका विषयहरुमा तालिम गराइएको थियो ।
सो अबसरमा मेयर रेग्मीलेले कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइएको बताए । नगरप्रहरी सञ्चालन ऐन र कार्यविधि बनाएर नगरप्रहरी भर्ति गरिएको भन्दै सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।
मेयर रेग्मीले नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै निकट भविश्यमै फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गर्ने बताए ।
फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेको भन्दै उनको भनाई छ । दिक्षन्त समारोहमा उपमेगर तामाङ, संस्थापक वडाध्यक्ष टीका रिजाल, कृष्णकुमार श्रेष्ठ, वडाध्यक्ष टीकाराम रेग्मी, मकरमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
सुसासन समितिका संयोजक दिपक बहादुर भट्टराई अध्यक्षतामा भएको सो कार्यक्रम शाखा अधिकृत प्रकासचन्द्र पौडेलले सञ्चालन गरेका थिए । साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको थियो ।
