Home Uncategorized २१ लाख रुपैयाँ पुरस्कार राशीको खप्तड गोल्डकप भाेलिदेखि

२१ लाख रुपैयाँ पुरस्कार राशीको खप्तड गोल्डकप भाेलिदेखि

सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो।

शुक्रबार (भोलि) देखि आगामी २० गतेसम्म हुने प्रतियोगिताको उद्धघाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब ईन्डियाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया प्रदान गर्नेछन्। धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ। अन्य विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

कोरोना संक्रमण रोकथाम, मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक

Previous article२५ हजार धरौटी बुझाउन नसेपछि माइला लामा जेल चलान
Next articleराष्ट्रिय एकता र सुरक्षाबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ : उपप्रधानमन्त्री पोखरेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।