रत्ननगरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जना घाईते

उज्यालो नेपाल- रत्ननगरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जना घाईते भएका छन् ।

हिजो बुधवार बिहान झन्डै पौने नौ बजे रत्ननगर १३ अमिलियामा टांडी बजार तर्फ गईरहेको बा.प्र.०३-००३प ३६१ नं.को मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिंदा साईकलमा सवार २ जना र मोटरसाइकल चालक समेत गरि ३ जना घाईते भएका हुन् । उनिहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको छ ।

यसैगरी बुधबार साँझ सवा पाँच बजेको समयमा रत्ननगर ९ भानुचोक नजिक भित्रि सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाइकल पछाडि सवार रत्ननगर .४ देवौली बस्ने सालु राउत घाईते भएकी छन्।

टाउकोमा गहिरो चोट लागेकी राउतको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । मोटरसाईकल चालक  रत्ननगर बस्ने सागोर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

त्यस्तै बुधबार नै राती झन्डै १० बजे टाँडीबाट सौराहा जादै गरेको ना २ ह.३१९४ नं.को अटो आंफै अनियन्त्रित भई दुर्घटना हुंदा अटो चालक जिल्ला चितवन रत्ननगर न.पा.२ बस्ने बुद्धिमान लामा र अटोमा सवार नवलपरासी बर्दघाट न.पा.४ बस्ने बिन्दु गौतम घाइते भएका छन् ।

घाइते अटो चालकको अवस्था सामान्य रहेको र अर्का घाईते बिन्दु गौतमलाई थप उपचारको लागी नयाँ मेडीकल कलेज भरतपुर पठाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

Previous articleसिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ गर्ने तयारी
Next articleअमेरिकी दूतावासले सन्दीपलाई फेरी दिएन भिसा, समर्थकहरु निराश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।