उज्यालो नेपाल- वर्षा संगै चलेको भिषण हावाहुरीले रत्ननगरमा बालीनालीमा क्षती पुर्याएको छ। वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, मकै, आँप लिच्ची लगायतको बालीनालीमा क्षति पुर्याएको हो ।
भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । नगरपालिकाका १६ वटै वडाका किसानले लगाएको विभिन्न बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्याएको कृषि शाखा प्रमख प्रविन लामाले जानकारी दिए । क्षतिको विवरण संकलन गर्न अनुगमन गर्ने कार्य भईरहेको उनले बताए ।
रत्ननगरकै वडा नं. १५ मा हावाहुरीले केहि घरको जस्ता उडाएको छ भने मकै खेतीमा व्यापक क्षेती पुर्याएको छ । १० नंग्रा खियाएर लगाएको बालीनाली सखाप हुँदा किसानको बेहाल भएको वडा अध्यक्ष आशिक तामाङले बताए ।
हाल हावाहुरीले सखाप बनाएर ढालेको धान, मकै तथा फलफूलको तस्बीर सामाजिक संजालमा छाइरहेको छ ।
