भरतपुरको मालपोतचोक नजिक भएको दुर्घटनामा घाईते पिठुवाकि टिकाकुमारीको निधन

उज्यालो दर्पण- चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मालपोत कार्यालय नजिकै गत २० गते भएको सवारी दुर्घटनामा घाईते भएकी रत्ननगर १६ पिठुवा कि टिकाकुमारी न्यौपानेको आईतबार मृत्यु भएको छ ।

वैदेशिक रोजगारीको खोजीमा हुनुहुन्छ? नेपालका टप टेन म्यानपावर कम्पनीहरुको नामलिस्ट हेर्न यँहा क्लिक गर्नुहोला !

कार्तिक २० गते दिउँसो झन्डै ०१:३० बजेको समयमा भरतपुरको मालपोतचोक नजिकै बा.प्र.०१-०२५ च २१०५ नं.को भ्यान गाडीले बा.प्र.०६- ००२प १३११ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रत्ननगर १६ हात्तीगाडे बस्ने बर्ष ३२ की गीता दाहाल र स्कुटरमा सवार बर्ष ६० कि टिका कुमारी न्यौपाने र वर्ष-८ कि ग्रिस्मा न्यौपाने घाईते भएका थिए ।

घाईतेहरु मध्ये गीता दाहाल र ग्रिस्मा न्यौपाने अस्पतालबाट डिस्चार्ज भईसकेका छन् भने गम्भीर घाइते भएकी टिकाकुमारीको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा शनिबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

स्कुटरलाई ठक्कर दिने गाडी र गाडी चालक उदयपुर चौदण्डि न.पा.१० घर भई हाल भरतपुर ३ बस्ने बर्ष ३२ को शुसिल खत्री प्रहरी नियन्त्रणमा छन्  ।

Previous articleटाँडीको सब्जीमण्डी अगाडि भएको दुर्घटनामा घाईते अमिलियाका अर्का युवकको पनि मृत्यु
Next articleगण्डकी प्रदेश महोत्सवको तयारी पूरा, आज मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।