Home Uncategorized गम्भीर बनौँ, कोरोनाले यसरी ध्वस्त पारिदिन्छ मानिसको फोक्सो ! (भिडियो)

गम्भीर बनौँ, कोरोनाले यसरी ध्वस्त पारिदिन्छ मानिसको फोक्सो ! (भिडियो)

केही दिनअघिसम्म लक्षण नै नदेखाएका कोरोनाभाइरस संक्रमति मानिसको फोक्सो कस्तो छ भन्ने कुरा एउटा भिडियोले देखाएको छ । जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालका थोरासिस सर्जन डा. केथ मोटम्यानले भनेका छन्ः अहिले ती बिरामीलाई कोभिड–१९ लागेको छ र उनको फोक्सोले राम्रो काम गर्न छोडिरहेको अवस्था छ ।

‘सामान्य अवस्थामा उच्च रक्तचापको समस्याबाहेक स्वस्थ रहेको ५९ वर्षीय ती बिरामीको फोक्सो निक्कै नष्ट भएको तस्विरहरुले देखाएको छ,’ मोर्टम्यान भन्छन् । गम्भीर अवस्था भएपछि ती बिरामीलाई अहिले श्वास फेर्न सजिलो होस् भनेर भेन्टिलेटरमा राखिएको छ । भेन्टिलेटरलाई अधिकतम क्षमतामा सञ्चालन गर्दा पनि त्यो पर्याप्त भइरहेको छैन । अलिे ती बिरामीलाई उसको रगतमा अक्सिजन आपूर्ति गर्नको लागि अर्को मेशिन चाहिएको छ,’ मोर्टम्यानले भनेका छन् ।

‘यो इम्युन सिस्टम कमजोर भएका, मधुमेह भएका ७०, ८० वर्ष उमेरका विरामीको केस होइन,’ मोर्टम्यभानले भनेका छन्, ‘रक्तचापबाहेक उनलाई अरु कुनै खासै बिरामी छैन । आफ्नै काममा मात्रै मग्न रहेन यी मानिसलाई पनि यस्तो देखियो‘ हामीले एक हप्तापछि ३६०भीआर स्क्यान गरेर हेर्यौँ भने, उनमा इन्फेक्सन र इन्फ्लेमेसनको प्रक्रिया झनै खराब ढङ्गले बढेको देखिने सम्भावना बढी छ ।’

भिडियोमा पहेलोले देखाइएको भागहरु फोक्साको संक्रमित र सुन्निएको भाग हो,’ मोर्टम्यान भन्छन्, ‘जब उसको फोक्सामा भाइरल इन्फेक्सन भयो, त्यो भागमा भाइरस पसेर बन्दा भयो । स्क्यानबाट प्रष्ट हुन्छ कि त्यो संक्रमण फोक्सोको एउटा भागमा मात्रै सीमित छैन, यसले दुबै फोक्सोको ठूलो हिस्सालाई प्रभावित गरेको छ । युवाहरुलाई नै पनि कति छिटो र खतरनाक ढंगले सङ्क्रमणले असर गर्छ भन्ने कुरा देखाउँछ । स्वस्थ फोक्सो भएको एउटा युवामा अहिले बिग्रेर पहेलो देखिएको छ,’ उनले भनेका छन् । अहिले ती बिरामी अत्यन्तै गम्भीर अवस्थामा आइसीयूमा उपचाररत छन् ।

‘तीब्र रुपमा श्वासप्रश्वास फेल खाँदै गरेको बिरामीमा फाक्सो झनै छिटो र ठूलो मात्रामा फैलिन्छ भन्ने भिआर भिडियोमा देखिएको छ,’ मोर्टम्यानले इमलेमा भनेको छन्, ‘दुर्भाग्यवश, यस किसिमको नोक्सानी भएपछि फोक्सोहरु निको हुन निक्कै लामो समय लाग्ने गर्छ । तीमध्ये पनि कोभिड–१९ का २–४ प्रतिशत विरामीहरु (कतिमा विश्वास गर्नुहुन्छ भन्ने कुरा तपाईंमा भरपर्छ), मा त यो नोक्सानी ठीक गर्नै नसकिने खालका हुन्छन् तिनीहरु रोगमा परिणत हुन्छ ।’

प्रारम्भिक रुपमा कोरोनाभाइरसले श्वासप्रश्वासको समस्या गराउँछ । यो म्युकस मेम्ब्रान्समा पस्छ र त्यसैको माध्यबाट फोक्सोमा जान्छ । शरीरले चाहिँ यसलाई इन्फ्लेमेसनको तरिकाले नियन्त्रण गर्न खोज्छ,’ मोर्टम्यानले भनेका छन् । भिडियोमा देखिएका पहेला चिन्हहरु संक्रमण र इन्फ्लेमसेन दुवै हुन् । अतः शरीरले संक्रमणलाई निको पार्न खोज्दा धेरै नै इन्फ्लेमेसन पनि हुने गर्छ,’ मोर्टम्यान भन्छन् ।

त्यो इन्फ्लेमेसनले रगतमा अक्सिजन पु¥याउन र कार्बनडाइअक्साइड हटाउन बाधा पुर्याउँछ । त्यसले शरीरमा अक्सिजन र कार्बन डाइअक्साइडको आपूर्ति मिलाउने कोशिशकमा बिरामीलाई श्वास फेर्न नसक्ने गरी हिरिक्क हुने स्थिति पैदा हुन्छ  भिडियोमा देखिएका तस्विरहरुले के देखायो भने, सामान्य लक्षणहरु –खोकी र श्वास फेर्नको कठिनाई–ले मात्रै शरीरमा भाइरसको असरलाई देखाउन सक्दैन ।

‘केही मानिसहरुमा त्यो क्षति फेरि पहिलेको अवस्थामा फर्काउनै नसकिने गरी हुन्छन् । यसले अमेरिकी जनताहरुमा सामाजिक दूरी र सेल्फआइसोलेसन जरुरी छ भन्ने कुराको महत्त्वबोध झनै बेसी गराउँछ,’ मोर्टम्यानले भनेका छन्  ‘म चाहन्छु, जनताले यो हेरुन् र के गर्न सक्छु भनेर बुझुन्,’ मोर्टम्यान भन्छन्, ‘जनताले यसलाई गम्भीर रुपमा लिनु जरुरी छ ।’

अस्पतालले विशेषतः क्यान्सरको पहिचान गर्न र अपरेशनको योजना बनाउनको लागि सिटी इमेजिङ टेक्नोलोजीको प्रयोग गर्ने गर्छन् । कोरोनाभाइरसविरुद्ध लड्नको लागि अस्पतालले पहिलो पटक त्यो प्रविधिको उपयोग गरेको छ । ‘हामीमध्ये धेरै, यो सवालमा अँध्यारोमा हिँडिरहेका छौँ,’ मोर्टम्यानले भन्का छन्, ‘त्यसकारण हामी यसलाई जति सक्दो बेसी बुझ्न चाहन्छौं । यो हाम्रो पहिलो बिरामी थियो तर म विश्वस्त छु, आगामी हप्ताहरुमा उनी जस्तै थुप्रै जना हुनेछन् ।’

भिडियो हेर्नुहोस्

स्रोत : सीएनएन

चौध जनामा सङ्क्रमण

Previous articleआज २०७६ साल चैत १५ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Next articleबिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई सिधै क्वारेन्टाइनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।