Home Uncategorized ईटाली पुगेर दोश्रो विश्व यु द्ध ल डेका चितवनका लाहुरे बा ले...

ईटाली पुगेर दोश्रो विश्व यु द्ध ल डेका चितवनका लाहुरे बा ले मनाए १०३ औं जन्मोत्सव

निराजन घिमिरे

ईटाली पुगेर दोश्रो विश्व यु द्ध ल डेका चितवनका लाहुरे बा ले मनाए १०३ औं जन्मोत्सव

उज्यालो नेपाल, जेठ २९, चितवन- ईटाली पुगेर दोश्रो विश्व यु’द्ध ल डेका चितवनका “लाहुरे बा” मान बहादुर थापाले  आफ्नो  १०३ औं जन्मोत्सव मनाएका छन् ! आज जेठ २९ गते पर्न गएको उनको जन्मोत्सव उनकै निवास रत्ननगर १६ हात्तिगाड़ेमा मनाईएको हो! रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा परिवारजन र इस्टमित्र मिलेर मान बहादुर थापालाई दिर्घ जिवनको शुभकामना दिनुका साथै आशिर्वाद समेत ग्रहण गरेका थिए । थापा रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाका हजुरबुबा हुन्!

बि. सं १९७४ सालमा चितवनको पहाडी गाउँ काउलेमा जन्मिएका थापाले अङ्ग्रेजहरुको तर्फबाट द्दितिय विश्व यु’द्द समेत लडेका थिए । प्रथम विश्व यु’द्धको २० वर्षपश्चात् अर्थात् सन् १९३९ सेप्टेम्बर १ मा जर्मनीले पोल्याण्डमाथि आ’क्रमण गरेर दोस्रो विश्व यु’द्धको सुरूवात ग¥यो । त्यसपछि बेलायतले जर्मनीमाथि आ’क्रमण ग¥यो । त्यसैबेला बेलायती गोर्खा सैनिकबाट ल’डाइँमा प्रतिनिधित्व गर्ने एक साक्षी हुन्– रत्ननगर १६ स्थित हात्तीगाडेका १०३ वर्षीय मानबहादुर थापा क्षेत्री अर्थात् ‘लाहुरे बा’ ।

नेपालका प्रधानमन्त्री जुद्धशमशेरले बेलायतको सहयोगका लागि आठ÷आठ हजारका १२ वटा टिम गरी करिब एक लाख नयाँ रि’क्रुट भर्ना गरी यु’द्धमा पठाएका थिए । तीमध्ये ४९०६० नम्बरका हुन् उनी । दोस्रो विश्व’यु’द्धका थोरैमात्र जीवित साक्षीमध्येका एक हुन् उनी । शताव्दी पुरुष भै सक्दा पनि ‘लाहुरे बा’को जोश र जाँगर युवाको भन्दा कम छैन ।
उनी भन्छन्, ‘इटालीको तारजुमा रहेर ब्रिटिस गोर्खा सेनाका तर्फबाट अविरल रुपमा १८ महिनासम्म ल’डाइँ गरियो । त्यसताका घा’इते साथीलाई स्टेचरमा राखेर उ’द्धार कार्यमा कार्यमा म खटिएको थिएँ ।’

उनी भारतको बकुल्ला छाउनीमा चौथो गोर्खा पल्टनबाट खटिएर इटाली गएका थिए । त्यसबेला इटालीका शासक मुसोलिनी र जर्मनीका शासक हिटलर थिए । दोस्रो विश्व’यु’द्ध सबैभन्दा भया’वह र मानवसभ्यतामा प्रभाव पार्ने यु’द्ध मानिन्छ । ब्रिटिस साम्राज्य र राष्ट्रमण्डलका अधिकांश देशसहित फ्रान्स एउटा गठबन्धनबाट लडा’इँमा भाग लिएका थिए भने अर्कोतर्फ जर्मनी लगायत केन्द्रीय शक्तितर्फका देश ल’डाइँमा सामेल थिए ।

यु’द्धमा ब्रिटिस सेनाले जर्मनीलाई प’रास्त गरेपछि उनी रिलिजमा घर फर्किएका हुन् । उनी भन्छन्, ‘आवश्यक परेका बेला ल’डाइँमा जाने शर्तबमोजिम रिलिजमा घर फर्किएँ । पछि ल’डाइँ ल’ड्नु नपरेपछि घरगृहस्थी जीवनमा लागेँ ।’ ल’डाइँमा उनले सेक्सन १५ का हबल्दार साथी दिलबहादुर तामाङलाई गु’माएका थिए । उक्त घ’टना सम्झँदै उनी भन्छन्, ‘जर्मनी सेनाले गो’ली बर्साउँदा मेरो गन्जी नै ड’ढेर गयो । म बल्लतल्ल जोगिएँ । तर, एउटै सेल्टरमा रहने मिल्ने साथी दिलबहादुरको छातीमै गो’ली लाग्यो । मैले अत्यन्त मिल्ने साथीलाई गु’माएँ ।’

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजित धनधान्यांचल महायज्ञमा नगद रु ५०१० दान गरेपछि तस्विर खिचाउँदै लाहुरे बा, नाति हेमराज, धुर्मुस लगायत अन्य

जागिरको प्रसंगमा उनी भन्छन्, ‘म २० वर्षको उमेरमा लाहुरे बन्न भारत गएको हुँ । १८ महिनासम्म तालिम लिएँ । हिमाञ्चल प्रदेशको झागुमा ल’डाइँ कौशल सिकेँ । चौथो गोर्खा पल्टनबाट पानीजहाजमा ११ दिन लगाएर समुन्द्रपारीको इटालीको तारजुमा पुग्यौँ । १० दिन इटालीमा बसेपछि जर्मनी र जापानसँग ल’डाइँ गरियो । लडाइँमा जर्मनीले हात उठाएपछि नेपाल फर्किएको हुँ ।’

थातथलो काउले फर्किएर गृहस्थी जीवनमा लागेका मानबहादुरको ३६ वर्षको हुँदा घर ज’लेर खरानी भयो । घरसँगै पल्टनको महत्वपूर्ण कागजात पनि ज लेर न ष्ट भयो । उनी भन्छन्, ‘चौथो गोर्खा पल्टनमा भएका सबै साथीहरुले पेन्सन पाए । म भने कागजपत्र जलेर प्रमाण पु¥याउन नसक्दा पेन्सिन पाउनबाट वञ्चित भएँ ।’ २०१८ सालमा काउलेबाट हात्तीगाडे झरेका उनी खेती किसानीमै लागे । २०÷२५ वटा गाईवस्तु पाल्नु उनको खान्दानी परम्परा नै हो ।

त्यही परम्परालाई निरन्तरता दिँदै अहिले पनि उनका नाति/नातिनी बुहारी  युवराज/जमुनाले गंगाजमुना गाई फार्म खोलेका  छन् भने पनातीले यतिबेला बाख्रा फर्म खोल्ने तरखर गर्दै छन् ! उनका ६ छोरा छन् । उनी माइला छोरासँग बस्छन् । एउटा नाति हेमराज थापा रत्ननगर १६ का वडाध्यक्ष हुन् । उनका छोराहरु, १० नाति विभिन्न पेसा व्यवसायमा आवद्ध छन् ।
उनी भद्रकाली माविका संस्थापक अध्यक्ष हुन् ।

विभिन्न सामाजिक संघसंस्था एवम् धार्मिक कार्यमा संलग्न उनी तत्कालीन गाउँपञ्चायतको कोषाध्यक्ष र सदस्य भएका थिए । अहिले उनी ब्रह्मज्ञानी अर्थात् अद्वैत संस्थामा क्रियाशील छन् । उनी स्पष्टसँग बोल्छन् । गीता र धार्मिक ग्रन्थहरु सजिलैसँग पढ्न सक्छन् । घरमा हेरचाह गर्ने उनी नै हुन् । उनी केही न केही काम नगरी बस्नै सक्दैनन् । घरमा मात्र होइन, गाउँकै भरोसाका व्यक्ति हुन् उनी ।

केहि वर्षसम्म दैनिक सात बोरासम्म घाँस का’ट्ने उनलाई चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जिल्ला प्रशासन कार्यालयमै बोलाएर दोसल्लासहित सम्मान गरेका थिए । उनी भन्छन्, ‘पहिलेदेखि नै पशुपालनमा लागियो । २५ वटासम्म गाई, भैंसी पालियो । एक महिनामा तीन टिन घिउ बनाएर बेच्ने मै हुँ । सुका माना घिउ खाएको मान्छे हुँ ।’

झट्ट हेर्दा उनलाई १०३ वर्षको भनेर विश्वास गर्न गाह्रो पर्छ । उनी अझै फुर्तिला छन् । भन्छन्, ‘९६ वर्षमा मुटुमा स’मस्या भएर पेस’मे’कर जोडेर बाँचेँ । भविष्यवाणी गर्ने पल्टने साथीले १०६ वर्ष त सजिलै बाँच्छस् भनेको थियो, यसअघिका सबै घ टनाक्रम मिल्दै आएको छ । मलाई पनि बाँच्छुजस्तो लागेको छ । जन्मदिनको अवसरमा लाहुरे बा लाई हाम्रो पनि धेरै धेरै शुभकामना !

 

धान काटेर फर्कँदै गरेका आमाछाेरीकाे अरिङ्गालले टोकेर मृत्यु

Previous articleश्रमिकको म’र्का बुझ्दै ओमानको दुतावास: सरकारले तोके भन्दा आधा सस्तोमै नेपाल ल्याईदिने
Next articleआज वि.सं. २०७७ जेठ ३० गते शुक्रबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।