Home Uncategorized सपनामा रतौली गाएको देखेपछी भयो यस्तो हेर्नुहोस् भिडियो

सपनामा रतौली गाएको देखेपछी भयो यस्तो हेर्नुहोस् भिडियो

बेसार पानी गीतको अपार सफलता पछी थ्रीएम ग्रुपले फेरी आर्को लोकपप गीत तेल खायो बत्तिले सार्वजनिक गरेको छ । गीतमा स्वर, शब्द तथा लय प्रदिप त्रिपाठी, किशोर नेपाली, प्रदिप तिवारीको रहेको छ ।

नेपाली समाजमा प्रचलित रतौलीका शब्दहरुलाई गीतमा समेटिएको छ । बिहेमा बेहुला पक्ष बेहुली लिन गइसकेपछी बेहुलाको घरमा बेहुलाकी आमा सहित महिलाहरु जम्मा भई गाउने गीत हो रतौली । पहिले पहिले बिहे रातिमा हुने गर्दथ्यो । रतौलीमा आमाहरुले उत्ताउला गीत गाउने भएका कारण “रात उत्ताउली” भन्दा भन्दै रौतौली रहन गएको बुढापाकाहरु बताउँछन ।

गीतमा कलाकारहरुले आफ्नी आमा रतौली खेल्न गइसकेपछी आँफुले सपनामा देखेका कुरा प्रस्तुत गरेका छन । गीतको संगीत संयोजन तारानाथ आचार्यले गरेका हुन भने गीत डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा रेकोर्ड भएको हो ।

थ्रीएम ग्रुपको निर्देशनमा तयार पारीएको गीतमा थ्रीएम ग्रुप अर्थात प्रदिप त्रिपाठी, किशोर नेपाली, प्रदिप तिवारी सहित महेन्द्र जंघ थापा क्षेत्री, शिवराज सुबेदी, बिष्णु प्रसाद बराल, कृष्ण तिवारीको अभिनय रहेको छ । गीतको छायांकन गणेश सापकोटाले गरेका हुन भने सम्पादन सुबाश अम्गाईँले गरेका हुन ।

प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय: नेपाल प्रहरी

Previous articleचितवनकी १७ वर्षिया किशोरीको अश्लि’ल भिडियो बनाएर पो-र्न वेबसाईटमा अपलोड गर्ने पक्राउ
Next articleयूएईको भिसा सम्बन्धी पहिलेको नियम खारेज, नयाँ नियम लागू
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।