Home Uncategorized सुतिरहेको बेलामा एक्कासी प्रधामन्त्रीको फोन आएपछि ! गुल्मीका यि युटुबर भाईरल भए,...

सुतिरहेको बेलामा एक्कासी प्रधामन्त्रीको फोन आएपछि ! गुल्मीका यि युटुबर भाईरल भए, ओलीले फोनमा के भने (भिडियो हेर्नुस)

सुतिरहेको बेलामा एक्कासी प्रधामन्त्रीको फोन आएपछि ! गुल्मीका यि युटुबर भाईरल भए, ओलीले फोनमा के भने (भिडियो हेर्नुस)

‘गुल्मीका भण्डारीजीसँग इन्टरभ्यू लिने पत्रकार हो ?’ सञ्चारकर्मी मोहन बस्नेतले फोन उठाएर हेल्लो भन्न नपाउँदै उताबाट प्रश्नमिश्रित आवाज आउँछ । ‘हजुर सर हो’, सञ्चारकर्मी मोहन अकमकाएर उत्तर फर्काउँछन् । ‘तपाईंले प्रशारित गर्नुभएको भिडियो छ नि, त्यो धेरै राम्रो छ । यस्ता कुराहरुलाई प्रोत्साहित गरिराख्नुपर्छ ।’ कुराकानीको करिब डेढ मिनेटपछि मात्रै बस्नेतले परिचय सोध्छन् । जवाफ आउँछ, ‘म केपी शर्माओली बोलेँ, प्रधानमन्त्री ।’ यो सुन्ने बित्तिकै मोहनलाई सपना हो कि जस्तो लाग्यो रे ! ‘उहाँले म केपी शर्मा ओली सुन्नेबित्तिकै म जुरुक्क उठेँ । मलाई त सपना हो कि विपना जस्तो भयो’, अघिल्लो बुधबारको घटना सझिँदै उनी भन्छन् ।

मोहन स्थानीय मिडियामा काम गर्छन् । उनको आफ्नै युट्यब च्यानल समेत छ । उक्त च्यानलमा उनले आर्मीको जागिर छाडेर औषधिजन्य खेतिपातीमा लागेका गुल्मीका दिलीप भण्डारीको भिडियो हालेका थिए । त्यही भिडियो हेरेर प्रधानमन्त्री ओलीलले मोहनलाई फोन गरेका थिए । प्रधानमन्त्रीको फोनले आफूलाई कामका लागि अझै हौसला मिलेको उनी बताउँछन् । ‘बुवा आमा सबैले कृषि गरिरहेकै हो । कृषिलाई नै जोड दिनुपर्छ भनेर रिर्पोट बनाएको थिएँ । प्रधानमन्त्रीले नै हेर्नुभयो । यो त नसोचेकै कुरा भयो’, उनले भने । सुतिरहेको बेलामा एक्कासी प्रधामन्त्रीको फोन आएपछि..गुल्मीका यि युटुबर भाईरल भए, केपीले फोनमा के भने (भिडियो हेर्नुस)

विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट

Previous articleकतारबाट घर फर्कंदै हुनुहुन्छ ? कतारका यी अस्पतालमा गराउनुहोस् पीसीआर परीक्षण
Next articleठेलामा फलफुल बेचेर महिना कै लाख, +२ पास युवाको यस्तो छ ब्यापार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।