Home Uncategorized श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने

श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने

काठमाण्डौ – सरकारले श्रम स्वीकृति खुलाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिनुभयो ।

आजैको दिनदेखि श्रम स्वीकृति खुले पनि कुन कुन देशका लागि खुलेको र यसका मापदण्ड के हुने भन्नेबारे पूर्ण पाठ आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो । ‘अहिलेलाई नयाँ श्रम स्वीकृति खुलेको हो भनेर बुझ्नुपर्छ, थप कुरा विस्तारै आइहाल्छ,’ महानिर्देशक दाहालले भन्नुभयो । सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागको आधारमा नयाँ श्रम स्विकृति खुल्ला गरिएको पनि महानिर्देशक दाहालले जानकारी दिनुभयो ।

सरकारले पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि खुलाएको हो । पुन : श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ । तर श्रम स्वीकृति भने ताहाचल कार्यालयबाट मात्रै पाइन्छ । काठमाण्डौमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन ।

कोरोना भाइरसको महामारीको कारण गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो। त्यस्तै सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संङ्ख्या बढाएको छ। भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन्। यसअघि सरकारले दैनिक ५ सय मात्र आउन दिने निर्णय गरेको थियो। उज्यालो अनलाइन बाट 

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

Previous articleमंगलबार नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुँदै, को-को आउन पाउँछन् ? के-के छन् शर्त ?
Next articleनिगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।