Home Uncategorized आफु कुटोकोदालो गरेर श्रीमतीलाई क्याम्पस पढाए, जागिर खाने बनाए, अहिले श्रीमती धो’का...

आफु कुटोकोदालो गरेर श्रीमतीलाई क्याम्पस पढाए, जागिर खाने बनाए, अहिले श्रीमती धो’का दिएर हिडिन्

आफु कुटोकोदालो गरेर श्रीमतीलाई क्याम्पस पढाए, जागिर खाने बनाए, अहिले श्रीमती धो’का दिएर हिडिन्

रुपन्देही । छोरी चेली पढाउ, बुहारी पढाउ, श्रीमती पढाउ । तर पढाउ किनभने पढेलेखेको महिला भएको घर कहिल्यै पनि अ’ध्याँरो हुँदैन भन्ने भनाई छ । त्यही भनाईलाई आत्मसाथ गर्दै गणेशले पनि आफ्नी श्रीमतीलाई दिलोज्यानले पढाए । आफुले घरधन्दा सम्हालेर भएपनि उनले श्रीमतीलाई पढनकोलागी स्कूला क्याम्पस पठाए । श्रीमतीले पढे घर उज्यालो समाजमा मान सम्मान आदि इत्यादि सबै पाईन्छ भन्ने एउटा सुन्दर र सकारात्मक सोंचले गणेशले समानताको उदाहरण जोडी बन्ने कोशिश गरे ।

तर उनको कोशिशलाई उनकै श्रीमतीले नाकाम बनाईदिईन् । रुपन्देहीमा गणेशलाई संविधान गणेश भनेर चिनिदो रहेछ । उनको पुरा नाम हो गणेश प्रसाद बस्याल । जस्ले सानोतिनो व्यावसाय पनि गरेका छन् । र त्यही व्यावसायकोलागी भाडामा फर्म सञ्चालन गर्दै आएका छन् । उनै गणेशकी श्रीमतीले गणेश घरमा नभएर फर्ममा भएको मौका छोपी घरबाट भा’गेकी रहिछन् । गणेशकी श्रीमतीका नाम सुबिस्ता बस्याल हो । उनलाई गाउँघरमा बोलाउने नाम शान्ति हो भन्छन् गणेश ।

दुई सन्तानकी आमा शान्तिलाई श्रीमान गणेशले प्लस टू देखि ब्याचलर सम्म पढाएर एक वर्षे कम्प्युटरमा डिप्लोमा कोर्ष पनि गराएका रहेछन् । त्यति मात्र नभएर गणेशले श्रीमती शान्तिलाई गएको स्थानिय चुनावमा वडा सदस्यमा पनि उठाएका रहेछन् । हरेक क्षेत्रमा गणेशले श्रीमतीलाई सक्षम नारीको रुपमा स्थापित गराउने कोशिश गरेका रहेछन् । र शान्ति पनि श्रीमानले देखाएको बाटोमा लाग्दै अघि बढेकी पनि रहिछन् । तर जब उनले आफ्नो स्थान बनाउन सफल भईन् तब श्रीमन गणेश र दुई छोराहरुलाई छाडेर गईन् ।

उनी घर छाडेर गएदेखि कसैसंगपनि सम्पर्कमा नभएको बताउँछन् गणेश । उनी भन्छन्,‘म त्यो दिन फर्ममा गएको थिएँ । छोराहरु पनि उतै थिए । त्यही मौका छोपेर घरबाट गईन् । आजसम्म कुनै अ’त्तोप’त्तो छैन । उनी हामीसंगको सम्पर्कमा छैनिन् । छोराहरुलाई सम्पर्क गरेकी छैनिन् ।’ श्रीमतीलाई पढाएर शिक्षित बनाएर मिलेर केही गरौंला भन्ने सोंचेका गणेशलाई श्रीमतीले उनको भन्दा माथिल्लो तहको स्तर बनेपछि छोडेको गाउँहरु भन्छन् भन्दै आँ’शुका धारा पुच्छदै गणेश सुनाउँछन् । भिडियोसहित

भिडियो हेर्नुहोला 

नवरात्रको सातौँ दिन : आज दशैँघरमा फूलपाती भित्र्याइँदै

Previous articleदु: खद खबर- छोरीको भविष्य बनाउन परदेशिएकी ईन्दिराले उतै पा’सो लगाईन
Next articleहिमालय एअरलाइन्सले दमामबाट दैनिक र रियादबाट सातामा दुई उडान भर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।