Home चितवन सेरोफेरो खैरहनी पर्सामा ग्लोबल ट्याक्स सोलुसन सञ्चालनमा, फर्म दर्ता अडिट लगायत सम्पूर्ण सेवा...

खैरहनी पर्सामा ग्लोबल ट्याक्स सोलुसन सञ्चालनमा, फर्म दर्ता अडिट लगायत सम्पूर्ण सेवा पाईने

चितवन- पूर्वी चितवनको पर्सामा रहेको ग्लोबल ट्याक्स सोलुसनले पर्सा बाट नै सबै प्रकारको व्यवसाय दर्ता, कृषि फर्म दर्ता, फर्म नविकरण, कर परामर्स लगायतको सेवा दिंदै आईरहेको छ । आन्तरिक राजस्व कार्यालय, भरतपुरको मातहतमा रहनेगरी चितवनको खैरहनी नगरपालिकामा करदाता सेवा कार्यालय स्थापना भएसंगै ग्लोबल ट्याक्स सोलुसनले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै सेवा प्रदान सुरु गरेको हो ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका करदातालाई लक्षित गर्दै सेवा प्रदान गर्दै आईरहेको ग्लोबल ट्याक्स सोलुसनका डाईरेक्टर भोला ढकालले जानकारी दिए । अब व्यवसाय दर्ता र कर सम्बन्धी कुनै पनि काम गर्नको लागी पूर्वीचितवनका जनता भरतपुर धाउनु नपर्ने उनको भनाई छ ।

global tax solution parsa

भरतपुरमा रहेको आन्तरिक राजस्व कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप बढेपछी पुर्विचितवनका सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिने उद्देश्यले खैरहनीमा सेवा कार्यालय संचालनमा आएपनि स्थानीय सम्म यो कुरा नपुग्दा अझै पनि पुर्विचितवनका स्थानिय भरतपुर धाउने गरेका छन्  ।

ग्लोबल ट्याक्स सोलुसनले सबै प्रकारका ब्यबसाय फर्महरुको प्यान तथा भ्याट दर्ता गर्नुपरेमा, मासिक मास्केबारी – अनलाईन नेट ईन्ट्री, बिल खरिद बिक्री खाता राख्नु परेमा, अडिट रिपोर्ट तथा बैंक प्रोजेक्ट रिपोर्ट तथा कर परामर्श लगायतका सेवा दिंदै आईरहेको डाईरेक्टर भोला ढकालले बताए । ग्लोबल ट्याक्स सोलुसन करदाता सेवा कार्यालय खैरहनी अगाडी रहेको छ ।

Previous articleसेनाको जागिर छोडेर युएई हानिएका दिपक उतै अस्ताए
Next articleयुएईमा अब शुक्रबार हाफ डे, शनिबार र आईतबार बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।